काम गर्ने ठेकेदार, साँचो बुझाउने मन्त्री

काम गर्ने ठेकेदार, साँचो बुझाउने मन्त्री

काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीनको सहयोगमा बनिरहेको होइन। चिनियाँ बैंकले ऋण दिएको छ। त्यसको ठेक्का चिनियाँ कम्पनीले नै पाएको छ। विमानस्थल निर्माणपछि हस्तान्तरणको दायित्व ठेकेदारकै हो। तर, चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा ठेकेदारका तर्फबाट आफ्ना समकक्षी डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरे। जसको साक्षी बसे प्रधानमन्त्री शेरबहादुर देउवा। कूटनीति र राजनीतिका विज्ञले यसलाई प्रोटोकल नमिलेको भनेर टिप्पणी गरेका छन्। 

पूर्णऋणमा बनेको आयोजना हस्तान्तरण गर्न यत्रो तामझाम आवश्यक नहुने कूटनीतिज्ञ दीपकप्रकाश भट्ट बताउँछन्। निर्माण सम्पन्न नभएको आयोजनाको साँचो हस्तान्तरण पपुलारिटीका लागि गरिएको प्रस्ट देखिने कूटनीतिज्ञ भट्टको भनाइ छ। 

‘उक्त ऋणलाई कि अनुदानमा बदल्ने किसिमको प्रतिबद्धता भएको भए हो’, भट्ट भन्छन्, ‘तर, दातृ निकायमध्येको सबैभन्दा बढी ब्याजमा लिएको ऋणबाट आयोजना बनिरहेको हो। चिनियाँ अनुदान होइन।’

उनका अनुसार द्विपक्षीय सम्बन्ध सुमधुर देखाउन यो कदम प्रभावकारी बन्न सक्छ। तर, ऋणमा बनेको आयोजनामा यत्रो देखावटीले हतार गरेको देखाउने उनी बताउँछन्। 

यो विमानस्थल ईपीसी (इन्जिनियरिङ, प्रोकुमेन्ट, कन्स्ट्रक्सन) मोडलमा अघि बढाइएको छ।

सरकारले उक्त विमानस्थल बनाउन एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना (एक्जिम बैंक)बाट २१५.९६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएको हो। कुल ऋणको ७५ प्रतिशतको ब्याज २ प्रतिशत हुने र २५ प्रतिशतको शून्य ब्याजदर हुने व्यवस्था छ। २० वर्ष अवधिका लागि लिएको उक्त ऋणको ग्रेस पिरियड सात वर्षको छ। सात वर्षसम्म ब्याज तिर्नुपर्दैन। सरकारले २ प्रतिशतमा लिएको ऋणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ५ प्रतिशतमा दिएको छ। डलर उतारचढावको जोखिम वहन गर्ने गरी सरकारले ५ प्रतिशतमा प्राधिकरणलाई ऋण दिएको हो। नेपालमा हुने वैदेशिक लगानीमा सबैभन्दा महँगो ब्याजको ऋण चीनकै हो। अन्य सहायतामा ऋण र अनुदान नै हुने भए पनि यो भने पूर्ण ऋण मात्र भएको प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेल बताउँछन्।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने चिनियाँ पक्षले निर्माणको मुख्य काम सकेको हुँदा साँचो हस्तान्तरण गर्नु अनुपयुक्त नहुने बताउँछन्। दुई देशबीचको सम्बन्धलाई टेवा दिने अभ्यास भएकाले यसलाई नकारात्मक टिप्पणी गर्न नहुने पूर्वराजदूत भेषबहादुर थापाको भनाइ छ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणको अवसरमा साँचो हस्तान्तरणको काम गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्। यसमा कुनै स्वार्थ नभएको सहसचिव लामिछानेको भनाइ छ। ‘कुरा सकारात्मक हो। नेपालको राष्ट्रिय गौरवका आयोजनाको भौतिक संरचनाको काम सकिएको भएर उहाँ आएको मौकामा साँचो हस्तान्तरण भएको हो’, लामिछाने भन्छन्। उनका अनुसार विमानस्थलकोे फिनिसिङपछि क्यालिब्रेसन, टेस्ट फ्लाइट सबै काम सक्काएर रेडी टो गोमा मात्र पूर्ण काम सम्पन्न हुनेछ। यो विमानस्थल ईपीसी (इन्जिनियरिङ, प्रोकुमेन्ट, कन्स्ट्रक्सन) मोडलमा अघि बढाइएको छ।

सरकारले विमानस्थल निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएएमसीईलाई दिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको आयोजना निर्माण सम्पन्न गर्ने संशोधित लक्ष्य २०७९/८० लाई लिइएको छ। अघिल्लो आर्थिक वर्ष नै निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोनाका कारण एक वर्षपछि धकेलिएको प्राधिकरणका अधिकारीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.