आर्थिक समृद्धिमा हातेमालो गरौं : देउवा

आर्थिक समृद्धिमा हातेमालो गरौं : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पुँजी परिचालन गरेर देशको आर्थिक समृद्धिमा हातेमालो गर्न आग्रह गरेका छन्। नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण रहेको बताए। नेपाललाई समस्या परेका बेला सहयोग गरेको खुसी व्यक्त गरे। 

भाषा, संस्कृति प्रचार गर्न गैरआवासीय नेपालीहरूले सेतुका रूपमा काम गरेको बताए। विश्वमा नेपालको पहिचान र गरिमा बढाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए। ज्ञान, सीप र पुँजी स्वदेश भित्र्याएर देशको समृद्धिमा जोडिन उनले आग्रह गरे। ‘गैरआवासीय नेपालीप्रति सरकार संवेदनशील छ’ उनले भने, ‘सम्पत्ति सुरक्षा गर्नेदेखि उनीहरूलाई नागरिकता प्रदान गर्न सरकार क्रियाशील छ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको प्रवद्र्धन गर्न भिसामा सहजता ल्याउन जोड दिए। कतिपय परियोजनामा एनआरएनएसँग मिलेर काम गरेको भन्दै उनले लगानीको खाँचो रहेको बताए।  गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रलाई समृद्ध बनाउन कहिल्यै पछि नपर्ने बताए। बाधा, अवरोध आए पनि सधैं एक भएर अघि बढ्ने उनको भनाइ छ। लगानी गर्दा मात्रै रोजगारीको सिर्जना हुने भएकाले त्यसतर्फ लाग्ने उनले प्रतिवद्धता जनाए। 

कांग्रेसका महामन्त्री गगन थापाले एनआरएनएले थालेको १० अर्बको परियोजना छिट्टै सञ्चालनमा आउने बताए। विदेशमा बस्ने नेपालीलाई ५ करोडको व्यवस्थालाई १ करोडमा झार्न खोजिएको बताए। ‘च्यारिटीमा १÷२ लाख हाल्न पाउँछ भने व्यापार व्यवसायमा पनि किन हाल्न नपाउने ?’ उनले भने। 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले डेटा माइनिङ गर्न लगानीको प्रशस्त सम्भावना रहेको बताए। सीप र ज्ञान आर्जन गरेर यसतर्फ लाग्न उनले आग्रह गरे। नारायणीमा समुद्र बनाउन सकिने उनले विश्वास व्यक्त गरे। 
संघका पूर्वअध्यक्ष जीवा लामिछानेले विसंगति बिर्सेर उद्देश्य पूरा गर्न बाँकी रहेका काम गर्न जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.