टेम्पुबाट लागुऔषध बरामद, दुई युवा पक्राउ

टेम्पुबाट लागुऔषध बरामद, दुई युवा पक्राउ

ढल्केवर(धनुषा) : महोत्तरीबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजार बस्ने १९ वर्षीय रवि विक र कमलामाई नगरपालिका–५ बस्ने २१ वर्षीय सुमन कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको अटो टेम्पोमा सवार केही व्यक्तिहरुले अवैध लागुऔषध बोकी ओसारपोसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थानस्थित चेकप्वाइन्टमा ज.१ ह १९३९ नम्बरको अटो टेम्पोलाई रोकेर खानतलासी गर्दा टेम्पुको पछाडि पट्टीको डिक्कीमा लुकाई छिपाई बोकी ल्याएको लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।

उनका अनुसार क्लोरोफेनारामाइन मेलेट सिरप एक्सीप्लोन १०० एमएलको ५ बोत्तल, नाइट्राभेट–१० लेखिएको १९ चक्की र ट्रमाडोल क्याप्सुल ८ चक्की बरामद भएको हो। लागुऔषधसहित पक्राउ परेका विक र श्रेष्ठलाई  महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.