राष्ट्रपति जेलेन्स्कीले भने : तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार

राष्ट्रपति जेलेन्स्कीले भने : तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार

 किभ : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्। उनले रुससँगको अर्को चरणको वार्तामा सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्। यसै हप्ता दुई देशबीच टर्कीमा शान्ति वार्ता हुने भएको छ।

वार्ता अघि उनले भने, ' सुरक्षा ग्यारेन्टी हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ। स्पष्टरूपमा हाम्रो लक्ष्य भनेको शान्ति र देश सकेसम्म चाँडो सामान्य जीवनमा फर्कनु हो।' यसअघि जेलेन्स्कीले स्वतन्त्र रुसी सञ्चारमाध्यमलाई दिएको ९० मिनेटको अन्तर्वार्तामा आफू रसियासँग शान्ति सम्झौताअन्तर्गत तटस्थ स्थितिमा वार्ता गर्न तयार रहेको बताएका थिए । उनले तेस्रो पक्षले यसको ग्यारेन्टीमा सामेल हुनुपर्ने वा जनमत संग्रह गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार भिडियो कलमार्फत दिइएको उक्त अन्तर्वार्तामा जेलेन्स्कीले भने, 'सुरक्षा ग्यारेन्टी र तटस्थता, हाम्रो राज्यको गैर-आणविक स्थिति, हामी यसका लागि तयार छौं। यो हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ।' युक्रेनका राष्ट्रपतिले रुसी भाषाको अन्तर्वार्तामा रुसी आक्रमणले युक्रेनमा रुसी भाषा बोलिने सहरहरु ध्वस्त भएको बताए ।  युक्रेनको सैन्य गुप्तचरी निकायका प्रमुखले रुसले 'युक्रेनमा उत्तर र दक्षिण कोरिया सिर्जना गर्न खोजेको' बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.