थप २१ जनामा कोरोना संक्रमण,मृत्यु शून्य
काठमाडौं : नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घन्टामा ६३०९ नमूनाको परीक्षण गर्दा २१ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो। आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३१९ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या १२५४ रहेको छ।
प्रतिक्रिया दिनुहोस !