मुलुकका सबै दल महा-गठबन्धन गरेर आए पनि एमालेलाई हराउन सक्दैनन् : ओली

मुलुकका सबै दल महा-गठबन्धन गरेर आए पनि एमालेलाई हराउन सक्दैनन् : ओली

कपिलवस्तु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुको कथित महागठबन्धनका विरुद्ध आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रने र मुलुकमा पूर्ण बहुमतको सरकार स्थापित गर्ने बताएका छन् ।

एमाले कपिलवस्तुले सदरमुकाम तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश तथा बृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन मात्रै होइन मुलुकका सबै राजनीतिक दलको महागठबन्धन निर्माण गरी निर्वाचन लडे पनि नेकपा एमालेलाई परास्त गर्न नसक्ने चुनौती दिएका छन्।

सो अवसरमा नेता ओलीले नेकपा एमालेको सरकारले हुलाकी राजमार्ग निर्माण, अन्तराष्ट्रिय एयरपोर्टको निर्माणलगायत ठूला राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा भूमिका खेलेको बताए। 

सो अवसरमा स्वतन्त्र समूहबाट निर्वाचित रहेका कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद बृजेश कुमार गुप्ता र प्रश सभा सदस्यहरुसहित ठूलो संख्याका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्। कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, सचिव टोपबहादुर रायमाझी, अभिनेत्री करिश्मा मानन्धरलगायतले आमसभालाई सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.