भारतमा हप्तामा सातौं पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
नयाँ दिल्ली : भारतमा मंगलबार फेरि पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ। एक साताभित्र नै पेट्रोल–डिजेलको मूल्य बढेको यो सातौँ पटक हो।
अहिलेसम्म पेट्रोल-डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ।
मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ। भारतको
प्रत्येक राज्यमा पेट्रोल र डिजेलको मूल्यमा थोरै भिन्नता छ। राज्यअनुसार करको आधारमा मूल्य निर्धारण गरिने भएकोले मूल्यमा भिन्नता हुन्छ। बीबीसी