ओस्कर स्टेजमा क्रिस रकलाई थप्पड हानेकोमा विल स्मिथले मागे माफी

ओस्कर स्टेजमा क्रिस रकलाई थप्पड हानेकोमा विल स्मिथले मागे माफी

वासिङटन डिसी : विल स्मिथले ओस्कर स्टेजमा क्रिस रकलाई थप्पड हानेका थिए। उनले सो कुराको पछि माफी मागेका छन्। क्रिस रकसँग माफी माग्दै उनले आफ्नो व्यवहार 'अस्वीकार्य र अक्षम्य' भएको बताए।

इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘म तपाईसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु क्रिस। मैले सीमा पार गरें र म गलत थिएँ।'ओस्कार फिल्म एकेडेमीले यस्तो व्यवहारको निन्दा गर्दै यस विषयमा औपचारिक समीक्षा गर्ने घोषणा गरेपछि विल स्मिथको माफीको कुरा बाहिर आएको हो।

विल स्मिथले स्टेजमा कमेडियन क्रिस रकलाई थप्पड हानेका थिए। वास्तवमा, क्रिस रकले कार्यक्रममा विल स्मिथकी पत्नी जाडा पिन्केटको विषयमा जोक गरेका थिए। 

जोक सुनेर विल स्मिथ स्टेजमा गए र क्रिस रकलाई थप्पड हानेका थिए। हास्य कलाकार क्रिस रकले वास्तवमा जाडा पिन्केटको छोटो कपालमा टिप्पणी गरेका थिए। 

उनले भनेका थिए, 'म तिमीलाई माया गर्छु जेड। म जीआई जेन २ हेर्न पर्खन सक्दिनँ।' जीआई जेन १९९७ को हलिउड चलचित्र हो। यसमा मुख्य भूमिका निभाएकी अभिनेत्री डेमी मूरले फिल्मका लागि आफ्नो टाउको खौरिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.