एमालेसँग गठबन्धनको प्रयास हुँदैछ : कमल थापा

एमालेसँग गठबन्धनको प्रयास हुँदैछ : कमल थापा

चितवन : आउँदो स्थानीय निर्वाचनमा एमोलेसँगको गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्  । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यसपटकको निर्वाचनबाट धेरै अपेक्षा नरहेको बताउँदै पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको  बताए । 

'स्थानीय निर्वाचनमा सहकार्य गर्ने कुरामा एमालेसँग प्रारम्भिक चरणको कुरा भएको छ, 'उनले भने, 'राष्ट्रियतासहितका विभिन्न सवालमा एमालेसँग निकट भएको महशुस गरेका छौं । सम्भव भयो भने सहकार्य गरेर जाने हाम्रो प्रयास हुनेछ ।'

यो निर्वाचनमा राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानलेनै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक भएको बताए ।  उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुल्ला राजनीतिमा आउन चेतावनी दिएका छन् । राप्रपालाई  रिमोट कन्ट्रोलबाट चलाउन खोजेको आरोप लगाउँदै दल गठन गरेर प्रतिष्पर्धामा आउन चुनौती दिएका छन् । 

ज्ञानेन्द्र शाहकै कारण राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुने अवस्थामा पुगेको बताए । 'पूर्वराजासँग २०७३ सालपछि संविधान च्यातेर राजसंस्थाको पक्षमा विद्रोह हुन थालेपछि  तिक्तता बढेको बताए । 'रिमोट कन्ट्रोलबाट पार्टी चलाउनुभन्दा आफै सक्रिय भएको राम्रो,' थापाले भने,' ज्ञानेन्द्रले पार्टी खोले म पनि जान्छु । स्रोत साधन पनि हुने, बलियो पनि हुने । तर त्यसले राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.