रुस युक्रेन वार्ता : युक्रेनमा आक्रमण कम गर्ने रुसको प्रतिवद्धता

रुस युक्रेन वार्ता : युक्रेनमा आक्रमण कम गर्ने रुसको प्रतिवद्धता

इस्तानबुल : रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा शान्ति वार्ता भएको थियो। सो वार्ता फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएपछि गरिएका वार्तामध्ये  पहिलो पटक केही सकारात्मक देखिएको छ।

रुसले युक्रेनमा हुने सैन्य हमला घटाउने वाचा गरेको छ। तर रुसको यो प्रतिवद्धतामा पश्चिमा राष्ट्रहरू विश्वस्त छैनन् र यसमा शंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए ।

 रसियाले शान्ति वार्तामा किभ र चेर्निहाइभमा आफ्ना आक्रमणहरूलाई  कम गर्ने बताएको छ। रुसको यो भनाइप्रति बेलायत र अमेरिकाले होसियार हुन अपिल गरेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क रहन आग्रह गर्दै भने, 'उनीहरूमाथि कस्तो कारबाही भइरहेको छ भनी नदेख्दासम्म म यो बयानमा केही सकारात्मकता पाउँदिनँ।' पहिला रुसले आफ्नो वाचा पूरा गर्ने नगर्ने हेर्नु पर्ने बाइडेनले बताए ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले के भन्छ र के गर्छ भन्नेमा भिन्नता रहेको बताए। टर्कीले भने कूटनीतिक हिसाबले शान्ति वार्तालाई ‘अर्थपूर्ण प्रगति’तर्फ अघि बढिरहेको बताएको छ। 

मंगलबार भएको वार्ता तीन घन्टा चलेको थियो। तर सञ्चारमाध्यममा वार्ताका धेरै जानकारी आएका छैनन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.