विल स्मिथकी श्रीमती जाडालाई एलोपेसिया : के हो एलोपेसिया?

विल स्मिथकी श्रीमती जाडालाई एलोपेसिया : के हो एलोपेसिया?

वासिङटन डिसी : यसपालिको सर्वोत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका विल स्मिथ र उनकी श्रीमती जाडा पिन्केट दुई दिनदेखि चर्चाको विषय बनेका छन्। कमेडियन क्रिस रकले ओस्कार अवार्ड समारोहमा विलकी श्रीमतीको कपालको विषयमा जोक गरेपछि विल स्मिथले क्रिसलाई ओस्करको स्टेजमै थप्पड हानेका थिए। 

‘द म्याट्रिक्स फ्रेन्चाइज’ र ‘गोथम’ जस्ता फिल्मबाट परिचित अमेरिकी अभिनेत्री जाडा पिन्केटले विगतमा धेरै अन्तर्वार्तामा आफ्नो कपाल झर्ने समस्याको सामना गर्नुपरेको बताएकी छन्।

जाडाले उनको फेसबुक वाच शृंखला, रेड टेबल टकको मे २०१८ एपिसोडमा उनलाई एलोपेसिया भन्ने रोग लागेको खुलासा गरेकी छन्। उनले उक्त भिडियोमा भनेकी छन्, ‘यसबारे कुरा गर्न निकै गाह्रो छ ।

मलाई मेरो टाउकोमा कपडा किन बाँधेको भनेर सोधिन्थ्यो। मेरो कपाल झरेको कारणले हो। जब मलाई पहिलो पटक यस्तो भयो, म धेरै डराएको थिएँ। एक दिन म नुहाउँदै थिएँ र एक मुट्ठी कपाल मेरो हातमा आयो।'

'यो म डरले काँपिरहेको थिएँ। त्यसैले मैले मेरो कपाल काटें। कपाल झर्ने डरले सधैं कपाल काटिरहें। मेरो कपाल मेरो लागि धेरै महत्त्वपूर्ण थियो। तर कपाल पाल्ने वा काट्ने भन्ने विकल्प मसँग बाँकी थिएन', उनले भनिन्। 

डिसेम्बर २०२१ मा, उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेर आफू एलोपेसियासँग लडिरहेको बताएकी थिइन्।

के हो एलोपेसिया?

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार एलोपेसिया कपाल झर्ने रोग हो। कहिलेकाहीँ यसले नङलाई पनि असर गर्छ। धेरैजसो अवस्थामा, धेरै कपाल एकैसाथ झर्छ र कपाल झरेको पनि देखिन्छ। यो जुनसुकै उमेरमा र जो सुकैलाई पनि सुरु हुन सक्छ। 

११ वर्षदेखि दिल्लीमा छाला विशेषज्ञको रूपमा काम गरिरहेकी डा सोनाली चौधरीले एलोपेसियाको बारेमा बताउँदै भनिन्, 'एलोपेसिया भनेको तालु खुइलो हुनेहरुको लागि प्रयोग हुने चिकित्सा शब्द हो। यो रोग लागेपछि कपाल बिस्तारै झर्न थाल्छ। यो रोगमा पुरुष र महिलालाई फरकफरक लक्षण देखिन्छ। 

'एलोपेसियाका विभिन्न प्रकार र चरणहरू हुन्छन्। यस्तो अवस्थामा सुरुमा कपाल पातलो हुन थाल्छ र पातलो भएपछि जराबाट बाहिर निस्कन्छ,' डाक्टर सोनाली भन्छिन्, 'हामी एलोपेसियालाई अटो इम्युन डिसअर्डर भन्न सक्दैनौं किनभने एलोपेसिया विभिन्न प्रकारका हुन्छन्।' 

आनुवंशिक कारण र पोषणको कमीका कारण पनि एलोपेसिया हुने गरेको उनले बताइन्। 

डा सोनाली चौधरीले भनिन्, 'कतिपय अवस्थामा प्रतिरक्षा प्रणालीले आफ्नै शरीरविरुद्धमा काम गर्न थाल्छ। कुनै पनि प्रकारको संक्रमणसँग लड्नुको सट्टा तपाइँको शरीरको रोग प्रतिरोधी क्षमताले कपालको फोलिकल्समा आक्रमण गर्न थाल्छ। तर हरेक अवस्थामा यस्तो हुँदैन।' 

डाक्टर सोनालीले एलोपेसियाका विभिन्न प्रकार र स्टेज हुने बताइन् ।

 'यसको एउटा प्रकार एलोपेसिया टोटलिस हो, जसमा आँखीभौं पनि झरेका हुन्छन्, र एलोपेसिया युनिभर्सलिसमा शरीरका सबै रौं झर्छन्,' उनी भन्छिन्, 'यसबाहेक, त्यहाँ एलोपेसिया एरियाटा पनि हुन्छ। यसमा सामान्य कपाल झर्छ। जसको कारण टाउको खाली हुने गर्छ ।'

डाक्टर सोनालीले एलोपेसियाका अन्य प्रकार पनि बताइन् । उनले भनिन्, 'महिलामा नन स्केरिङ एलोपेसिया हुन्छ, यो वंशाणुगत कारणले हुन्छ। यो हाम्रो टाउकोको सिउधो काट्ने बिचबाट सुरु हुन्छ। त्यहाँको कपाल पातलो हुन्छ र बिस्तारै झर्छ। '

त्यस्तै एन्ड्रोजेनेटिक एलोपेसिया पुरुषहरूमा हुने उनले बताइन्। उनका अनुसार यसका पाँच चरण हुन्छन्।  यसमा टाउकोको अगाडिबाट कपाल झर्छ। शरीरमा हुने हर्मोनको उतारचढावका कारण टाउकोको अगाडिको अधिकांश कपाल झर्ने उनले बताइन्। 
डाक्टर सोनालीका अनुसार उपचार गर्न सबैभन्दा पहिले शरीरको पोषण अवस्था कस्तो छ भनी जाँच गर्नुपर्ने बताइन्। 

उनले भनिन्, 'शरीरमा आइरन वा बी १२ को कमी भए कपाल धेरै झर्छ। डि३, थाइराइड , पीसीओएस जस्ता चीजले पनि कपाल झर्छ।'

यी समस्य नभए टाउकोको जाँच गरेर संक्रमण छ कि छैन भनी हेर्ने उनले बताइन्। अरु समस्याको उपचार गर्न तुलनात्मक रुपमा सहज भए पनि हर्मोनसँग सम्बन्धित समस्याले कपाल झरेको भए उपचार गर्न केही मुस्किल हुने उनले बताइन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.