भरतपुरको मेयरमा हाम्रो दावी छ : प्रचण्ड

भरतपुरको मेयरमा हाम्रो दावी छ : प्रचण्ड

भरतपुर : चितवनका काँग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुमा आफूहरुको दावी रहेको बताएका छन्। बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दावी रहने बताएका हुन्।  

चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताए। काग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक भएको उनको भनाइ छ।

‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ, ’ उनले भने, ‘भोलि हामी गठबन्धनको बैठक बस्दैछौं। संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं। तालमेलकै निर्णय हुन्छ। भरतपुर चितवनमा हाम्रो दावी छँदैछ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.