विषादीको मारमा पर्यावरणिय कृषि

विषादीको मारमा पर्यावरणिय कृषि

इलाम : सूर्योदय नगरपालिकाको कृषि शाखाकी कृषि प्राविधिक चन्द्र कुमारी राईको कार्यकक्षमा आउने कृषक नि:शुल्क विषादी माग्दै आइपुग्छन्। 

उनी भन्छिन् ‘विषादीको खपत कति छ भनेर हेर्न फिक्कलका एग्रोभेट अघि केहीबेर उभिदाँ थाहा हुन्छ।’कुन रोगलाई के विषादी कति प्रयोग गर्ने भन्ने सामान्यज्ञान नभएका किसानले खेत बारीमा प्रयोग गरिरहेको विषादीको कारण पर्यावरणिय कृषिको अभ्यास संकटमा परेको उनको बुझाई छ।
 

उनीमात्रै हैन अर्गानिक चिया खेतीका लागि समूदायस्तरमा अभियान चलाई रहेका सोनाम योल्मो पनि पर्यावरणमैत्री खेतीका लागि विषादी र रसायनीक पदार्थको प्रयोगले इलामको कृषि अप्ठ्यारोमा पर्दै गएको बताउँछन्। उनी भन्छन् ‘अर्गानिक कृषिको यात्रा सहज छैन।’ उनको गुनासो छ ‘तीनै तहको सरकारलेसमेत अर्गानिक खेतीलाई अपनाउनेतर्फ किसानलाई सहयोग गर्न सकेनन्। 

नागरिक चाँसो नामको नागरिक अभियान चलाई रहेका रमेश राई पनि कृषिलाई दिगो बनाउने भन्दा पनि पैसा साट्ने माध्यम मात्रै बनाएकाले पर्यावरणिय कृषि समस्यामा परेको बताउँछन्।
 
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा पर्यावरणीय कृषि उत्पादन अभ्यास सम्बन्धी समुदायस्तरको संवाद कार्यक्रम सहभागि उनीहरु मात्र हैन २५ भन्दा बढिले दिगो कृषिका लागि नागरिकस्तरमै चाँसो वृद्धि गर्नुपर्ने बताए।
 
एक्सन एडको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघले आयोजना गरेको कार्यक्रमका सहभागिले कृषिमा प्रयोग भइरहेको रसायनीक पदार्थको प्रयोगले जमिन, हावा र पानी प्रदुसीत भएको भन्दै पर्यावरणीय कृषि उत्पादन अभ्यास सुरु गर्नुपर्ने बताए।
 
महासंघको सूर्योदय नगरपालिका अध्यक्ष डम्बर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा कृषि उद्यमी अरुण चन्द्र थापा, पर्माकल्चर प्रविधिबाट खेती गरिरहेका सन्त तामाङ, संघका सूर्योदय नगर सचिव बालकुमार भण्डारी लगायतले पर्यावरण बचाउनका लागि पनि पर्यावरणीय कृषि उत्पादन अभ्यास जरुरी रहेको बताए।
 
संघका जिल्ला अध्यक्ष विष्णु दुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाको कृषि शाखाकी प्रतिनिधि कृषि प्राविधिक चन्द्र कुमारी राईले अहिले पनि नगर क्षेत्रमा विषादीको प्रयोग उच्च रहेको बताईन्। उनले विषादी नियन्त्रण गरेर पर्यावरणिय कृषि उत्पादन बढाउन सके कृषिको दिगो विकासमा सहयोग पुग्ने बताइन्। 

एक्सन ऐड इन्टरनेश्नल नेपालले राष्ट्रिय तथा स्थानीय सरकारको नीति तथा पैरवी मार्फत पर्यावरणीय कृषिको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। विद्यमान खेती प्रणालीलाई थप दिगो खेती, विशेषगरी अर्गानिक र वातावरण मैत्री कृषि खेतीतर्फ रूपान्तरण गर्न साना किसानहरूसँग मिलेर काम गरिरहेको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एक्सन एड इन्टरनेशनल नेपालको पर्यावरणीय कृषिमा भएका नीति, बजेट र कार्यान्वयनको अवस्था विश्लेषण, समूदाय तहमा परामर्श, र राष्ट्रियस्तरमा नीतिगत संवादलाई अगाडी बढाउन गइरहेको छ। सामुदाय तहमा परामर्श गरी कथा सङ्कलन गर्नका लागि सातै प्रदेशका ४८ वटा पालिकामा सञ्चालन भइरहेको कार्यक्रम अन्तरगत इलामको सूर्योदय नगरपालिकामा पनि संवाद कार्यक्रम सम्पन्न भएको अध्यक्ष दुलालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.