उपत्यकामै अड्कियो प्रदूषण

उपत्यकामै अड्कियो प्रदूषण

काठमाडौं : पर्याप्त हावा नचल्दा सातादिनदेखि उपत्यकामा वायु प्रदूषण बढेको छ। विज्ञहरूका अनुसार हावा नै नचलेका कारण वायुमण्डमा प्रदूषण थुप्रिएको हो। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार प्रदूषण जम्मा भएर बसिरहेकाले धुम्म र अँध्यारोसमेत भएको हो। 

‘चैतको आधा महिना बितिसक्दा पनि हावाहुरी चलेन। खासमा चैतमा अलि–अलि गड्याङगुडुङसहित पानी पर्नुपर्ने हो,’ पोखरेलले भने, ‘यो प्रदूषण हट्न ठूलै पानी पर्नुपर्छ या हावा चल्नुपर्छ।’ उनका अनुसार यतिबेला पश्चिमी वायु धेरै सक्रिय छैन। दक्षिणपश्चिमी र कतै पूर्वीय प्रभावले छिटफुट पानी परेको छ। शुक्रबारसम्मको मौसमलाई हेर्दा पानी पर्ने देखिएको मौसाम विद् बताउँछन्। तर, यो वर्ष फेब्रुअरी १५ देखि यता हावा कम चलेको देखिएको मौसमविद् पोखरेल बताउँछन्।  उनले भने, ‘जम्मा भएर बसेको छ प्रदूषण। हावा चले बढाथ्र्यो।’

काठमाडौंमा बाहिरबाट पनि प्रदूषण आएको छ। केही मात्रामा भारतबाट समेत प्रदूषण मिसिएको देखिएको उनी बताउँछन्। पानी नपर्दा र हावा मज्जाले नचल्दा प्रदूषण बाहिर जान नसक्ने उनले बताए। गतवर्ष यतिबेला एक्युआईको मात्रा ३ सयदेखि ४ सय थियो। तर, यो वर्ष त्यति धेरै पुगिनसकेको भनाइ उनको छ। पोहोर अत्यन्त धेरै आगलागी भएकाले प्रदूषण भए पनि यसपटक अन्य कारणले प्रदूषण बढेको उनको तर्क छ।

शून्यदेखि ५० एक्युआईलाई स्वथ्य मानिन्छ। १५० माथिलाई अस्वथ्य। २ सयसम्म पुगेपछि संवेदनशील समूहलाई असर गर्छ।  ३ सय एक्युआई सबैका लागि जोखिमयुक्त र त्योभन्दा माथिलाई आपतकालीन नै मानिन्छ। तर, यतिबेला काठमाडौंको प्रदूषण २ सय एक्युआई पुगेको छैन। बिहीबार बिहान १० बजे १ सय ७२ सम्म पुगेको र बेलुका १ सय ५९ मा झरेको पोखरेलले बताए। पानी अथवा हावा नचलेसम्म यो प्रदूषण 
रहने उनी बताउँछन्। 

वातावरण विभागका सूचना अधिकारी सरोजा अधिकारीका अनुसार आगलागी, औद्योगिक क्षेत्रबाट भएको उत्सर्जनलगायत अन्य कारणले काठमाडौंको अवस्था बिग्रिएको हो। यतिबेला काठमाडौंमा हावा कम चलेको छ। जसका कारण कचौरा आकारको उपत्यकामा प्रदूषण तहमा थुप्रिएर बसेको छ। दक्षिणतिरबाट आएको हावामा पनि प्रदूषण मिसिएर आएको छ। 

शून्यदेखि ५० एक्युआईलाई स्वथ्य मानिन्छ। तर, काठमाडौंमा बसेर त्यो कल्पना गर्न नसकिने उनी बताउँछिन्। लकडाउनको समयमा काठमाडौंको अवस्था सुध्रिएको भए पनि त्यसपछि प्रदूषणको अवस्था नराम्रो नै रहेको बताइन्। ‘प्रदूषणमुक्त हुनका लागि काठमाडौंमा ठूलो पानी पर्न आवश्यक छ। या त हुरीबतास चलेमा मात्रै उडाएर लैजान्छ।’ उपत्यकाभित्र प्रदूषण छिरेपछि बाहिर निस्कन नसकेर समस्या भएको हो। 

प्रत्येक मानिसले आ–आफ्नो ठाउँबाट योगदान नगरेसम्म यस्ता समस्या सधंै झेल्नुपर्ने अधिकारीको भनाइ छ। औद्योगिक क्षेत्रहरूले कम उत्सर्जन हुने प्रविधि अपनाउन खाँचो छ। प्रदूषण सोस्ने खालका उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक रहेको बताइन्। खुला ठाउँमा जताततै आगो लगाउनु भएन। सडक खन्ने, कालोपत्रे नगरी छोडी दिने, सवारी चाप बढाउने क्रियाकलापले प्रदूषण झनै नाजुक भएको छ। सबैले आआफ्नो ठाउँबाट सकेको गर्नुपर्ने सुझाइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.