पुटिन पहिलेजस्तो शक्तिशाली छैनन्, आफैंले बनाएको पिंजरामा थुनिए : बेलायत
लन्डन : बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भएको आक्रमणका कारण रुस कमजोर भएको आरोप लगाएका छन्। स्काई न्यूजसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रपति पुटिन पहिले जत्तिकै शक्तिशाली छैनन् । अहिले उनीहरु आफ्नै पिंजरामा थुनिएका छन् ।'
पुटिनका सेना युक्रेनमा हमलापश्चात धेरै कष्ट भोगेकाले हाल थकित भएको उनले बताए। उनले भने, 'रुसको शक्तिशाली सेनाको प्रतिष्ठा खस्किएको छ। उनीहरूले युक्रेनलाई जे गरे त्यसको असर उनीहरूले मात्र भोग्ने छैनन्, तर उनीहरूले आफ्नो सेनालाई जे गरे त्यसको परिणाम भने उनीहरुले मात्र नै भोग्नुपर्नेछ।'
वालेसले रुसको सेनाले अहिले दक्षिणी र पूर्वी युक्रेनमा ध्यान केन्द्रित गरेको बताए । बीबीसी