अमेरिकाले पुटिनलाई बुझ्न नसक्ने रुसको आरोप
मस्को : रुसले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बन्धित अमेरिकी भनाइप्रति प्रहार गर्दै अमेरिकाले पुटिनलाई नबुझेको आरोप लगाएका छन्।
हालै अमेरिकी गुप्तचर एजेन्सीहरूबाट आएको एक बयानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनका सल्लाहकारले युक्रेन र प्रतिबन्धले रुसलाई पारेको असरको मुद्दामा भ्रमित गरिरहेको कुरा बाहिर आएको थियो।
यस विषयमा प्रतिक्रिया दिँदै रुसी प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी विदेश विभाग, पेन्टागनलाई यहाँ के भइरहेको छ भन्ने बारे कुनै वास्तविक जानकारी नभएको बताए।
उनले भने, 'उनीहरूले रुसमा के भइरहेको छ बुझ्दैनन्। उनीहरूले राष्ट्रपति पुटिनलाई बुझेका छैनन्। र तिनीहरूले निर्णयहरू कसरी लिइन्छ भनेर पनि बुझ्दैनन् र हामीले काम गर्ने तरिका बुझ्दैनन्।'
पेस्कोभले भने कि यो चिन्ताजनक छ किनभने 'यस्ता गलतफहमीहरूले गलत निर्णयहरू निम्त्याउँछ जसले खराब परिणामहरू निम्त्याउँछ।' बीबीसी