दक्षिण कोरीयामा वायु सेनाको ट्रेनर विमान दुर्घटना
सियोल : दक्षिण कोरियामा वायु सेनाको ट्रेनर विमान दुर्घटना भएको छ। दक्षिण कोरियाको दक्षिणपूर्वी सहरमा विमान दुर्घटना भएको योनहाप सञ्चार एजेन्सीले शुक्रबार जनाएको छ।
सो विमान राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १:३६ बजे दुर्घटना भएको थियो।
तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ। अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन्।