चैते दशैं औंशीमा तिर्थालुले भरियो मुस्ताङ

चैते दशैं औंशीमा तिर्थालुले भरियो मुस्ताङ

जोमसोम : दिवंगत पितृहरुको उद्दार गर्ने तथा उनीहरुको नाममा श्राद्ध तथा पिण्डदान गर्नका लागि मुस्ताङको कागबेनी चर्चित धार्मिकस्थलको रुपमा लिने गरिन्छ। मुस्ताङको कालिगण्डकी नदी र मुक्तिकुण्ड नदीको संगमस्थल कागबेनीमा पुगेर पितृको नाममा श्राद्ध र पिण्डदान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ। 

परापूर्व कालमा कागबेनीमा विभिन्न देवीदेवता प्रकट भएकाले कागबेनी धार्मिकस्थल धार्मिकरुपमा महत्वपूर्ण तिर्थस्थलकोरुपमा रहेको बताईन्छ।

वर्षेनि बडाँ दशै अघिको सोह्र श्राद्ध र औसी अनि चैते दशैको सेरोफेरो तथा औशी तिथिमा हजारौ स्वदेशी भक्तजनहरु कागबेनी धाममा पितृको नाममा श्राद्ध गर्न पुग्ने गर्छन्। कोरोना कहरका कारण विगत २ वर्षदेखि प्रभावित बनेको मुस्ताङको कागबेनीमा भक्तजनहरुको उपस्थिती पून अप्रत्याशितरुपमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले औँशी नुहाउन र श्राद्ध गर्न आउने भक्तजनको चापले मुस्ताङका होटल तथा रेष्टुरेन्ट हाउसफूल भएको जानकारी दिए।‘चैते दशैँ औशीमा अक्सर तिर्थालु मुस्ताङ आउछन्, बुधबार र बिहिबार हजारौ तिर्थालु मुस्ताङ भित्रिए, उनले भने,‘मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, लेते आदीमा खोलिएका सबै होटल भरियो, धर्मशाला र पाटीपौवासमेतमा बाँस बस्ने ठाउँ भएन।’

मुस्ताङको कागबेनीमा औशी नुहाउने र श्राद्ध गर्नेहरुको भीडले कागबेनी क्षेत्र तिर्थालुमय बनेको थियो। कागबेनीको कालिडण्डकी तटीय क्षेत्रमा श्राद्ध तथा पिण्डदान गर्नेहरुको बाँक्लो घुईचो थियो। कागबेनीमा श्राद्ध गर्न जाने तिर्थालु त्यँहा स्नान र पूजापाठ गरी मुक्तिनाथ दर्शनका लागि उकालो उक्लिने गरेको कागबेनीका पूजारी यज्ञप्रसाद शर्मा गौतमले जानकारी दिए। उनले कोरोना कहरपछि यसपटक उल्लेख्य तिर्थालु मुस्ताङ आएको बताए।

यस्तै हिउँदयामपछि र कोरोना न्यूनिकरण हुँदै जाँदा मुस्ताङमा क्रमिकरुपमा पर्यटक वृद्धि हुन थालेको छ। यद्यपी चैते दशैको औँशी तिथिको मेलोमा दुईदिनमा करिव १५ हजार तिर्थालु मुस्ताङ आएको घाँसा प्रहरी चेकपोस्टका ईञ्चार्ज मनहादुर कार्कीले जानकारी दिए। उनका अनुसार २ सय बढी बस, १ हजार बढी मोटसाइ कल र ५ बढी स्कर्भियो जीप आदी भित्रिएका थिए।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले कोरोनापछि आन्तरिक तथा भारतीय पर्यटकको उपस्थितीले उत्साहित तुल्याएको जनाए। यस्तै औँशी तिथिमा मुस्ताङको कागबेनीमा हजारौ तिर्थालु मुस्ताङ आउने र उनीहरुको सुविधाका लागि राष्ट्रिय गौरवको बेनी जोमसोम निर्माणधिन सडकको कामसमेत ३ दिनकाम लागि स्थगित गरिएको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.