श्रीलंकामा प्रदर्शन रोक्न सेना परिचालन

श्रीलंकामा प्रदर्शन रोक्न सेना परिचालन

एजेन्सी (कोलम्बो) : आर्थिक संकटमा फसेको श्रीलंकामा सरकारविरुद्ध हिंसात्मक प्रदर्शन भएको छ। राष्ट्रपति गोटाबाया राजपाक्षेको भवन बाहिर प्रदर्शनकारी र सर्वसाधारणबीच झडपसमेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

खाद्यान्न अभाव र महँगीको विरोधमा प्रदर्शन र झडप भएको बीबीसीले उल्लेख गरेको छ। प्रदर्शन रोक्न राजधानी कोलम्बोलगायत अन्य सहरहरूमा सेना परिचालन गरिएको छ।  
राष्ट्रपति भवन अगाडि प्रदर्शनकारीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यस क्षेत्रमा लागू गरिएको कफ्र्यु आदेश भने शुक्रबार बिहानबाट हटाइएको छ।

बिहीबार आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति भवनअघिका छेकबारहरू भत्काएका थिए। राष्ट्रपति गोटबय राजपक्षले भने हिंसात्मक घटना गराउनमा ‘उग्रपन्थी तत्त्व’ सक्रिय रहेको आरोप लगाएका छन्। 
प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबायाले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने अडान लिएका छन्। शुक्रबार बिहान प्रदर्शनमा संलग्न ४५ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो। तर, कसैविरुद्ध कुनै अभियोग दर्ता नगरिएको जनाइएको छ। राष्ट्रपति र उनका मन्त्रीहरूले विद्युत् कटौतीको सामना गर्नु नपर्ने भन्ने समाचार सार्वजनिक भएपछि प्रदर्शन अझै चुलिएको हो। 

मन्त्री र राष्ट्रपतिका पारिवारिक सदस्यहरूले धनको मनपरी प्रदर्शन गर्ने गरेको घटनाले जनतामाझ आक्रोश बढाइरहेको बीबीसीले उल्लेख गरेको छ। सरकारले कोरोना भाइरस महामारीले पर्यटन उद्योगमा पारेको नराम्रो प्रभावका कारण देशले आर्थिक संकट बेहोरेको बताएको छ। सरकारले सन् २०१९ मा देशका गिर्जाघरहरूमा शृंखलाबद्ध हमला भएपछि पर्यटक आगमनमा भएको उल्लेख्य कमीजस्ता कारण पनि यो अवस्था आएको बताउँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.