रुसले युक्रेनमा अब किभको सट्टा पूर्वी क्षेत्रको घेराबन्दीमा जोड दिने
किभ : रुसले अब युक्रेनको राजधानी किभमा ध्यान केन्द्रित गर्नुको सट्टा पूर्वी क्षेत्रमा घेराबन्दी गर्न सुरु गरेको छ ।
कडा प्रतिरोध गरेर रुसले कब्जा गरेको कयौं क्षेत्र युक्रेनी सेनाले आफ्नो नियन्त्रण फिर्ता लिइरहेको छ।
रुसले बेलगोरोड सहरमा रहेको तेल भण्डारमा भएको आक्रमणमा युक्रेन जिम्मेवार रहेको आरोप लगाएको छ । युक्रेनले भने यो आरोप अस्वीकार गरेको छ र यो सम्भवतः रसियाको गलत फ्ल्याग अपरेशन हुन सक्ने बताएको छ। बीबीसी