ओस्कारको स्टेजमा क्रिसलाई थप्पड हानेपछि विल स्मिथले दिए राजीनामा
वासिङटन डिसी : अमेरिकी अभिनेता विल स्मिथले शुक्रबार ओस्कारको स्टेजमा हास्य कलाकार क्रिस रकलाई थप्पड हानेका थिए। त्यसको केही दिनपछि उनले एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजबाट राजीनामा दिएको घोषणा गरेका छन्।
स्मिथले भने, 'मैले एकेडेमीको अनुशासनात्मक सुनुवाइको प्रतिक्रिया दिएको छु म मेरो गलत कार्यको लागि कुनै पनि सजाय पूर्ण रूपमा स्वीकार गर्नेछु।'
ओस्कारको ९४औं एकेडेमी पुरस्कार वितरण कार्यक्रममा गरेको आफ्नो हर्कत स्तब्ध पार्ने, पीडादायी र अक्षम्य भएको उनले स्वीकार गरे। मेरो यो कार्यले चोट पुर्याएका व्यक्तिको सूची लामो छ जसमा क्रिस, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू र प्रियजनहरू, कार्यक्रममा उपस्थित सबै र घरमा बसेर हेरिरहेका दर्शकहरू समावेश छन्।
स्मिथले एक विज्ञप्तिमा आफूले उक्त कार्यबाछ एकेडेमीको विश्वासलाई धोका दिएको बताएका छन्।
'मैले एकेडेमीको विश्वासलाई धोका दिएको छु। मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको उत्सव मनाउने अवसरबाट वञ्चित गरें' स्मिथले भने, 'मलाई दुख लागेको छ। एकाडेमीमा राम्रो काम गर्नेलाई ध्यानमा राख्दै साथै एकेडेमीलाई आफ्नो कार्यलाई निरन्तरता दिन अनुरोध गर्दै म एकेडेमीको सदस्यताबाट राजीनामा गर्दैछु।' इन्डिया टिभी