श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन

श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन

कोलम्बो। चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारण आन्दोलित भएसँगै सरकारले संकटकालको घोषणा गरेको हो । संकटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएको छैन।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्ने प्रयास गर्दा सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए । 

सरकारले प्रदर्शनमा उत्रनेहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न आदेश जारी गरेको छ । राजधानी कोलोम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निशेधित क्षेत्र घोषणा गरेको बीबीसीले जनाएको छ । 

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुसमेत आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेको छ। जसका कारण आम सर्वसाधारण आन्दोलित भएका हुन् । 

गत साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो । आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.