आज हुने अविश्वासको मतदानविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनमा उत्रन इमरान खानद्वारा आह्वान

आज हुने अविश्वासको मतदानविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनमा उत्रन इमरान खानद्वारा आह्वान

इस्लामावाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी देशभर विरोधमा उत्रन आग्रह गरेका  छन्। 

संसदमा विचाराधिन अविश्वासको प्रस्तावबारे सञ्चारकर्मीको प्रश्नको जबाफ दिँने क्रममा प्रधानमन्त्री खानले पाकिस्तानी जनतालाई शनिबार र आइतबार आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गरेका छन् । 

विपक्षीले आफूविरुद्ध ल्याएको अविश्वास प्रस्तावलाई पनि खानले ‘धोका’ को सज्ञा दिए ।

“यस्ता कुरा अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिने थिए । म सबै जानतालाई सडकमा उत्रेर देशभक्ति दर्शाउन आह्वान गर्दछु । यो राष्ट्रको हितको निम्ति पनि जनता आन्दोलित हुनुपर्छ ।” 

खानले प्रतिपक्षी दलका नेताहरुले आफूहरुविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिन सडकमा अविस्वासको मतविरूद्ध आन्दोलित हुन आग्रह गर । खानले आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको हो ।

खानमाथिको अविस्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान  हुने कार्यक्रम तय भएको छ । 

अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको दावी गरे । 

“मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु” पूर्व क्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानको लडाइँ जारी राख्ने बताए । देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको उहाँको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.