श्रीलंकामा स्थिति अनियन्त्रित, आन्दोलनकै बीच ३६ घण्टा देशव्यापी कर्फ्यू

श्रीलंकामा स्थिति अनियन्त्रित, आन्दोलनकै बीच ३६ घण्टा देशव्यापी कर्फ्यू

कोलम्बो : इतिहासकै सबैभन्दा गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा संकटकाल लगाइएको छ । आर्थिक मन्दी र विद्युत् कटौतीको चर्को विरोधका बीच सरकारले शनिबार साँझ ५ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि ३६ घण्टा राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेको हो। 

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार राति एक विशेष राजपत्र सूचना जारी गर्दै श्रीलंकामा अप्रिल १ देखि तत्काल लागू हुने गरी सार्वजनिक संकटकाल घोषणा गरेका छन्। यसको विरोधमा सयौं वकिलहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई संकटकाल खारेज गर्न आग्रह गरेका थिए।

सरकारले आर्थिक संकटसँग जुध्न नसकेको भन्दै  ठूलो संख्यामा जनताले राष्ट्रपति निवासबाहिर प्रदर्शन गरेका थिए। यस सम्बन्धमा प्रहरीले ५४ जनालाई पक्राउ गरेको थियो । तर, अदालतले अधिकांशलाई धरौटीमा रिहा गर्न आदेश दिँदै प्रहरीलाई सबैमाथि हिंसामा संलग्न भएको व्यक्तिगत प्रमाण पेश गर्न भनेको छ । प्रहरीले यसो गर्न नसक्ने वकिलहरुको भनाइ छ । जागरण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.