श्रीलङ्‍कामा कफ्‌र्यु उलङ्‍घन गरेको आरोपमा ६६४ जना पक्राउ

श्रीलङ्‍कामा कफ्‌र्यु उलङ्‍घन गरेको आरोपमा ६६४ जना पक्राउ

कोलम्बो : श्रीलङ्‍कामा सरकारले लागू गरेको कफ्‌र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई पक्राउ गरेको छ। स्थानीय समय अनुसार शनिबार रातीदेखि आइतबार बिहान ६ बजेसम्म देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो । सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको थियो । कफ्‌र्यु लागू भएका बेला हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिएका छन्।

आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्‍कामा देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको छ । आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि आन्दोलनकारी र  सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए ।

चरम आर्थिक संकट भोगिरहेको श्रीलंगामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले संकटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा प्रदर्शन गरे नियन्त्रणमा लिन पनि  आदेश जारी भएको छ। राजधानी कोलम्बोलगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निषेधित क्षेत्र घोषणा गरेको छ । अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो । 

यसअघि श्रीलङ्‍काको पेरादेनिया अस्पतालमा औषधि अभाव भएपछि निर्धारित शल्यक्रिया स्थगित भएको समाचार सार्वजनिक भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.