पाकिस्तानको संसद भंग
इस्लामाबाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रपति डा. आरिफ अल्वले संसद भंग गरेका छन्। प्रधानमन्त्री खानले आइतबार विहान संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुने भनिएको थियो। त्यसविरुद्ध खानले देशभर विरोधमा उत्रन निर्देशन दिए पनि अन्त्यमा संसद भंग गरेको बीबीसीले जनाएको छ।
विपक्षीले आफूविरुद्ध ल्याएको अविश्वास प्रस्तावलाई खानले ‘धोका’ को रुपमा लिएका छन्। 'यस्ता कुरा अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिने थिए। म सबै जानतालाई सडकमा उत्रेर देशभक्ति दर्शाउन आह्वान गर्दछु। यो राष्ट्रको हितको निम्ति पनि जनता आन्दोलित हुनुपर्छ,' उनले भनेका छन्।
उनले आफ्नो ज्यानसमेत जोखिममा रहेको बताएका थिए। 'मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु,' उनले भनेका छन्।