सरकारसँगको सेटिङमा निर्वाचन आयोगले काम गर्दैछ : ईश्वर पोखरेल

सरकारसँगको सेटिङमा निर्वाचन आयोगले काम गर्दैछ : ईश्वर पोखरेल

चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारसँगको सेटिङमा निर्वाचन आयोगले काम गरिरहेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिले सरकार सेटिङमा चलिरहेको र त्यसका विषाक्त छालहरुले निर्वाचन आयोगलाई प्रभावित पार्ने कोसिस भइरहेको बताएका हुन्।

निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णय गर्दा आयोगले दलहरुसँग छलफल गर्नुपर्नेमा संवेदनशील विषयमा पनि दलहरुसँग परामर्श नगरेकोमा आपत्ति जनाए। मत पत्रमा रङ्गका कुरा, मनोनयन दुई दिन गर्ने कुरा जस्ता विषय दलहरुसँग छलफल गरेर ल्याउनु पर्नेमा उनको जोड थियो। 

निर्वाचन आयोगले पनि त्यसमा टेक्न कर लाग्यो। निष्पक्षताका आधार, अहिले सबै सेटिङमा चलिरहेको छ। सेटिङमा चलिरहेको विषाक्त छालहरुले निर्वाचन आयोगलाई प्रभावित पार्ने कोशिस देख्छौं। मतपत्रको विषय चर्चा भएको छ। मनोनयन नै दुई दिन ? मतदान एक दिन, मनोनयन दुई दिन। यी कुरा भईरहँदा आयोगलेदलहरुसँग संवेदनशील विषयमा परामर्श गर्नुपर्छ। केही गरिएन। यी कुराहरु पनि दलहरुलाई राखेर छलफल गर्नुपर्थ्यो। परमादेशी सेटिङ जो छ, विषाक्त छालहरु प्रभावित त भइरहेको छैन ? कोशिस त भइरहेको छैन ? भन्ने आशंका पैदा हुन्छन्। 

स्थानीय तहको निर्वाचन सकभर टार्ने, नसके सार्ने कोशिस भएको भन्दै उनले भने, ‘तीन वटै निर्वाचन एकै पटक गरौं, पर सारौं जस्ता अनेक प्रयास भए। यी अप्सनहरु चलेनन्। एमाले, बुद्धिजीवि, सञ्चार क्षेत्रले दवाव सिर्जना गरेपछि निर्वाचन आयोग पनि त्यसमा टेक्न बाध्य भयो।’

स्थानीय निर्वाचनमा एमालेले गठबन्धन गर्दैन

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय निर्वाचनमा एमाले कुनै गठबन्धन बनाउने पक्षमा नरहेको बताए। उनले भने, ‘एमाले गठबन्धन बनाउने पक्षमा छैन, स्थानीय आवश्यकता अनुसार हुन सक्छ।’
निर्वाचनमा गठबन्धन गर्ने हिसाबले माओवादीसँग कुराकानी नभएको उनको भनाई छ। उनले थपे, ‘कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अपराध कर्म गर्ने शक्तिसँग गठबन्धन हुनै सक्दैन।’प्रचण्डजीका छलाङहरुका बारेमा आफूहरु जानकार रहेको उनको भनाई छ। 

चार दल मात्रै होइन, दर्ता भएका सबै मिलेर आए पनि हुन्छ भनेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनिरहेको उनले स्मरण गराए। पोखरेलले भने, ‘हामीले गरेका कामका आधारमा अब हामीले गर्ने कामको प्रतिबद्धताका आधारमा निर्वाचनमा जाने हो, एमाले स्पष्ट छ, सक्छौं एक्लाएक्लै आउ सक्दैनौं भने मिलेर आउ।’  

प्रधानमन्त्री‍को भारत भ्रमण उपलब्धीहीन 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धीहीन रहेको उनको टिप्पणी छ। पोखरेलले भने, ‘संयुक्त विज्ञप्तिमा केही छैन।’

भारत भ्रमण जानु अघि प्रधानमन्त्री देउवाले भारतप्रति भक्तिभाव देखाएको उनको भनाई छ। उनले भने, ‘चुच्चे नक्सालाई बुच्चे बनाउनुभयो, राष्ट्रिय पोजिसन बनेको विषयलाई डाईबट गर्नुभयो।’प्रधानमन्त्रीको हैसियतले जसरी प्रस्तुत हुनुपर्थ्यो त्यो हुन नसकेको पोखरेलको भनाई छ। उनले भन्नुभयो ‘नेपालको स्टोङ पोजिसनलाई कमजोर बनाउने काम प्रधानमन्त्रीले गर्नुभयो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.