सन्दीप लामिछानेको कप्तानीमा नेपालले उचाल्यो उपाधि

सन्दीप लामिछानेको कप्तानीमा नेपालले उचाल्यो उपाधि

काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपालले टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ। गत मंसिरमा सन्दीपले राष्ट्रिय टोलीको कप्तानी सम्हालेयता नेपालले पहिलो शृंखला जितेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले गत मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो। 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले शृंखला जितेको हो। १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १६.१ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो। 

पपुवा न्युगिनीका सेसे बौउले अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। आक्रामक ब्याटिङ गरेका उनले ३८ बलमा ६ छक्का र एक चौकाको मदतमा ५९ रन बनाए। चाल्र्स अमिनीले १५ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। पपुवा न्युगिनीलाई धराशयी बनाउन दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १८ रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारे। करण केसीले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल खडा गरेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनको अर्धशतकीय पालि खेले। अविजित रहेका उनले ३८ बलमा पाँच चौका हिर्काए। 

दीपेन्द्र टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि बने। पपुवा न्युगिनीविरुद्ध २१ रन बनाउँदै उनले एक हजार रनको आँकडा पूरा गरेका हुन्। उनले खेलेका ३९ खेलमध्ये ३४ पालिमा एक हजार रन पूरा गरेका हुन्। दीपेन्द्रले टीट्वेन्टी क्रिकेटमा एक शतक र पाँच अर्धशतक बनाएका छन्। 

त्रिकोणात्मक टीट्वेन्टी शृंखलामा दीपेन्द्रले २ सय ५५ रन बनाएका थिए। उनले मलेसियाविरुद्ध टीट्वेन्टी क्रिकेटमा करियरकै पहिलो शतक बनाएका थिए। उनले समूह चरणमा मलेसियाविरुद्धको दोस्रो खेलमा अविजित १ सय १० रन बनाएका थिए। यस्तै मलेसियाविरुद्धको पहिलो खेलमा २१ रन जोडेका थिए। यसैगरी पपुवा न्युगिनीविरुद्धको उद्घाटन खेलमा चार रन मात्रै बनाएका दीपेन्द्रले दोस्रो खेलमा ६६ रन बनाएका थिए। 

नेपाललाई मध्यम योगफलतर्फ डोर्‍याउन करण केसीले आक्रामक ब्याटिङ गर्दै अविजित ३३ रन बनाए। उनले १२ बलमा एक छक्का र पाँच चौका हिर्काए। यस्तै आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद अदिल आलमले १५ रन बनाए। पपुवा न्युगिनीका सेमो कामेअले तीन विकेट लिए। यस्तै चाड सोपर, काबुअ मोरेअ र रिले हेकुरेले एक÷ विकेट हात पारे।

टीट्वेन्टी क्रिकेटमा नेपालको यो लगातार छैटौं जित हो। गत महिना ओमानमा भएको टीट्वेन्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेपछि नेपालले हार बेहोरेको छैन। घरेलु मैदानमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो। 
नेपालले समूह चरणका चारवटै खेलमा पनि जित निकालेको थियो। दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको प्लेयर अफ दी सिरिज चुनिए। त्रिकोणात्मक शृंखलामा उनले पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित २ सय ५५ रन जोड्दा सात विकेट पनि लिएका थिए। यसैगरी करण केसी प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भए। उनले पाँच खेलमा १३ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.