पीएनजीलाई पाँचौ झट्का
काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनल खेल नेपालसँग खेलिरहेको पपुवा न्युगिनी(पीएनजी)लाई पाँचौ झट्का लागेको छ।
पीएनजीका ब्याट्सम्यान रेल्ये हेकुरे ६ रनमा आउट भएका हुन्। उनको विकेट सन्दिप लामिछानेले लिए।
पीएनजी ताजा अवस्थामा १२.३ ओभर खेल्दै ८७ रनमा रहेको छ।
टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोडेको हो।
नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइन प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।
प्रतिक्रिया दिनुहोस !