रुसले युक्रेनको बुचामा ३०० भन्दा बढी सर्वसाधारण मारेको जेलेन्स्कीको आरोप

रुसले युक्रेनको बुचामा ३०० भन्दा बढी सर्वसाधारण मारेको जेलेन्स्कीको आरोप

किभ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बुचा सहरमा ३०० सर्वसाधारणको हत्या र अन्यलाई यातना दिएको आरोप लगाएका छन् ।

जेलेन्स्कीले भने,  'रुसले जे पनि गरेको छ त्यसको अनुसन्धान गरिरहेका छौं। अहिले, बुचामा मात्रै तीन सयभन्दा बढी मानिस मारिएका र यातना दिएका समाचारहरू आएका छन्। जब सम्पूर्ण शहरको अनुसन्धान पूरा हुन्छ, मृतकको संख्या धेरै हुन सक्छ। यो अवस्था एक शहरको मात्र हो।'
 

'बोरोडियान्का र रूसी सेनाले कब्जा गरेका अन्य शहरहरूमा पीडितहरूको संख्या अझ बढी हुन सक्ने जानकारी पहिले नै  भएको उनले बताए।

किभ, चेरिन्येभ र सुमी क्षेत्रहरू जहाँ रुसीहरूले कब्जा गरेका छन् त्यहाँ  धेरै गाउँमा स्थानीयले ८० वर्ष पहिले नाजीहरूको कब्जामा पनि नभोगेको व्यवहार भोग्न परेको उनले बताए। 

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुचामा सर्वसाधारणको हत्या गरेको अभियोगमा फौजदारी मुद्दा चलाउन आग्रह गरेका छन् ।

बाइडेनले भनेका छन्, ‘यो मानिस क्रूर छ ।’ साथै उनले अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने बताए । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.