श्रीलंकामा एक दिनअघि अर्थमन्त्री बनेका अली साबरीले दिए राजीनामा

श्रीलंकामा एक दिनअघि अर्थमन्त्री बनेका अली साबरीले दिए राजीनामा

कोलम्बो : श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएका छन् । हालै श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण मन्त्रिपरिषद्को सम्पूर्ण सदस्यले राजीनामा दिएको थियो ।

त्यसपछि सोमबार नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण गरेको थियो । अली साबरीलाई अर्थ मन्त्रालय दिइएको थियो। तर एकदिन पछि नै उनले राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई लेखेको पत्रमा लेखिएको छ, 'अहिलेको अवस्थालाई ध्यानमा राखी यथोचित विचार गरेपछि यो अभूतपूर्व संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ । र यसमा नयाँ अर्थमन्त्रीको नियुक्ति पनि समावेश छ।'

यसै कारणले तत्काल पदबाट राजीनामा दिएको उनले पत्रमा लेखेका छन् । यसअघिको सरकारमा अली साबरी न्यायमन्त्री थिए । तर, अप्रिल ३ मा उनले बाँकी मन्त्रीसहित राजीनामा दिए । 
त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो। 

पत्रमा उनले राष्ट्रपति राजापाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको लेखेका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.