अदालतको आदेशकाबीच विद्यालय भवन शिलान्यास

अदालतको आदेशकाबीच विद्यालय भवन शिलान्यास

उदयपुर : उच्च अदालत विराटनगरले जारी गरेको परमादेशकाबीच उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालय परिसरमा निर्माण हुने भवनको शिलान्यास गरिएको छ।

 
भारतीय राजदुतावासको सहयोगमा बाल संगठनको क्षेत्राधिकार भित्र निर्माण हुन लागेको भवनको स्वामित्वको बिषयलाई लिएर विवाद चलिरहँदा मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले भवनको शिलान्यास गरेका हुन्।
 
भवन शिलान्यास गर्दै गर्दा उच्च अदालत विराटनगरले तत्काल कामकारवाही अघि नबढाउन निषेधाज्ञा परमादेश जारी गरेको छ। न्यायाधिश मिलनकुमार राईको एकल इजलासले मंगलबार दुबै पक्षको छलफल पश्चात निष्कर्षमा पुग्नु पर्ने देखिँदा चैत्र २९ गते छलफल हुने गरी आदेश दिएको थियो।
 
आदेशमा अन्तरिम आदेशको छलफल समयसम्म निवेदन दाविको कि.न. १८७ को जग्गामा निर्माण लगायतका कार्य नगरी यथास्थितिमा राख्न भनिएको छ। आदेशमा माग बमोजिम आदेश जारी हुनु नपर्ने भए आदेश जारी हुनु नपर्नका आधार र कारण खुलाई भए लिखित प्रमाणसमेत राखी बाटोको म्याद बाहेक १५ दिन भित्र विपक्षीलाई आफैं वा कानुन वमोजिमको प्रतिनिधिमार्फत पेश गर्न भनिएको छ।
 
यता विद्यालय प्रशासनले भने अदालतबाट त्यस्तो कुनै औपचारिक आदेश नआएको बताएको छ। प्रधानाध्यापक जङ्गबहादुर खड्काले हालसम्म त्यस्तो कुनै आदेश नआएको र आएको खण्डमा अदालतको आदेशप्रति सम्मान गरिने बताए।
 
भारतीय राजदुवासको सहयोगमा निर्माण हुन लागेको भवन तीन करोड ४० लाख ८० हजारमा थापा निर्माण सेवा प्रालि रामेछापले आगामी २०७९ पौष २१ गतेसम्म निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको प्रधानाध्यापक खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.