'तिमी बिना बाँच्नु छैन' भन्दै भारतमा इन्जिनियरले गरे आत्महत्या
महाराष्ट्र : भारतको महाराष्ट्रस्थित औरंगवादमा २५ वर्षीया इन्जिनियरले आत्महत्या गरेका छन्। त्यहाँ डेरा गरी बस्दै आएका निखिल दत्तात्रय चौडाले कोठामै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत्युको कारण अहिल्यै नखुले पनि कोठाबाट प्रेमिकाका नाममा लेखिएका 'लभ लेटरहरु' फेला परेको प्रहरीले जनाएको छ।
'तिमी बिना बाँच्नु छैन, तिमी नै मेरो सबुकुछ हौं। तिमी बिना जीवनको कल्पना गर्न सक्दिनँ'लगायत शब्दहरु लभ लेटरमा लेखिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
प्रहरीले जसको नाममा लभ लेटर लेखिएको छ, उनीसँग पनि सोधपुछ गरिरहेको बताएको छ।