अमेरिकाद्वारा युक्रेनलाई १० करोड डलर सहयोग, चेक गणतन्त्रले ट्याङ्क र सैन्य गाडी पठाउने

अमेरिकाद्वारा युक्रेनलाई १० करोड डलर सहयोग, चेक गणतन्त्रले ट्याङ्क र सैन्य गाडी पठाउने

वासिङनटन डिसी : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसले गरेको क्रुरताको रिपोर्ट आएपछि युक्रेनलाई १० करोड डलर सहयोग गर्ने घोषणा गरेका छन्।

एक विज्ञप्ति निकाल्दै ब्लिन्केनले भने, 'संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप एन्टि आर्मर प्रणालीको तत्काल आवश्यकता भएकोले १० करोड डलरसम्मको सुरक्षा सहायता उपलब्ध गराउँदैछ।'

साथै चेक गणतन्त्रले युक्रेनलाई युद्ध हतियार सहयोग पठाएको छ। चेक गणतन्त्र रूससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार सहायता पठाउने पहिलो युरोपेली देश बनेको छ।

 
वरिष्ठ चेक अधिकारीका अनुसार सोभियत निर्मित टी-७२ ट्याङ्कहरू र बीभीपी-१ गाडीहरू युक्रेन पठाएको थियो।

स्थानीय मिडियाहरुले पाँचवटा ट्याङ्क र पाँच लडाकू गाडीहरू युक्रेनको लागि जाँदै गरेको उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.