श्रीलंकामा संकटकाल हटाइयो, राजापाक्षे सरकार अल्पमतमा
कोलम्बो : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले मंगलबार राति राष्ट्रव्यापी संकटकाल तत्काल हटाउने निर्णय गरेका छन्। मुलुकमा गहिरो आर्थिक मन्दीका कारण सर्वसाधारणको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै वैशाख १ गते देशमा संकटकाल लगाइएको थियो।
राष्ट्रपतिले मंगलबार राति जारी गरेको सूचनामा आपतकालीन नियम अध्यादेश फिर्ता लिइएको जानकारी दिएका छन्। गोटाबाया राजपाक्षेको सरकार पनि अल्पमतमा आएको छ। उनका २६ मन्त्रीले राजीनामा दिएपछि अहिले विपक्षी र उनका पूर्व सहयोगीले सरकारसँग उनको राजीनामा मागेका छन्।
श्रीलंकाले अहिले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। मुलुकमा खाद्यान्न र इन्धनको चरम अभाव छ। मुलुकले कीर्तिमानी मुद्रास्फीर्ति र विद्युत् कटौतीको सामना गरिरहेको छ। बीबीसी