नवलपरासी कांग्रेसमा उम्मेदवार सिफारिसमै विवाद

नवलपरासी कांग्रेसमा उम्मेदवार सिफारिसमै विवाद

परासी :  बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस पश्चिम नवलपरासीमा वडास्तरमै विवाद देखिएको छ । कांग्रेसले वडा समितिमार्फत उमेदवारको सिफारिसका लागि नाम छनौट सुरु गरेको छ । पहिलो चरणको नाम सिफारिसमै अधिकांश वडामा विवाद देखिएको हो । आंकाक्षी बढी देखिनु स्वभाविक भएपनि जिल्ला र क्षेत्रीय कार्य समितिले नाम सिफारिसबारे छुट्टाछुट्टै मापदण्ड तोकेर पत्र पठाएपछि विवाद देखिएको हो ।

 
वडाअध्यक्ष र सदस्यहरुको नाम चैत २१ गतेभित्र नगर र गाउँ कार्य समितिमा पठाउनुपर्ने उल्लेख छ । नगर र गाउँ समितिले २३ गतेभित्र प्रदेश क्षेत्रीय समिति र २५ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सिफारिसका लागि पठाउने भनिएको छ । तर, विवादका कारण वडा समितिले आजसम्म नगर/गाउँ समितिमै नामावली पठाउन सकेका छैनन् । कांग्रेसको विधानमा उमेदवारको नाम सिफारिस गर्दा एउटा पदमा बढीमा महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । 

तर, एक पदमा ५ देखि ८ जना बढी उम्मेदवार आंकाक्षी देखिएका छन् । उमेदवारका लागि अहिले पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पुन: दोहरिने गरी सिफारिसका लागि नाम आएका छन् । अधिकांश नयाँ अनुहारका पनि रहेको वडा सभापतिहरुले बताएका छन् । 

 जिल्ला समितिले पठाएको पत्रमा वडाका उमेदवारसँगै नगर र गाउँपालकाका प्रमुख र उपप्रमुखको नामसमेत समावेश गरेर पठाउन निर्देशन गरेको छ भने प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. २ ले जिल्ला समितिको पत्रलाई खण्डन हुने गरी वडाका उमेदवारबाहेक प्रमुख/उपप्रमुख नपठाउन निर्देशन गरेको छ ।

जिल्ला समितिले पठाएको पत्रबारे जिल्ला सचिव कुलदिप आचार्यले नाम टुंगाउन सहज हुने भएकाले वडाबाटै रायसहितको प्रमुख र उपप्रमुखको नामावली पठाउन भनिएको बताए । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको पत्रबारे क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेले विधानमा प्रमुख/उपप्रमुखको नाम पठाउन नभनिएकाले वडाअध्यक्ष र सदस्यको नाम मात्र सिफारिस गर्न भनिएको बताए । 

'केन्द्रको एउटा निर्देशन छ । अहिले फेरि जिल्ला र क्षेत्रीय समितिले छुट्टाछुट्टै पत्र पठाएका छन् । यसले वडा स्तरमा विवाद देखिएको छ । सुस्ता गाउँ समितिका अध्यक्ष रविन्द्र जयसवालले अध्यक्ष र उपाध्यक्षको नाम पठाउने/नपठाउने विवादका कारण अझ पनि केही वडाको सिफारिस नआएको बताए । 

विधानमा वडा समितिलाई प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न अनिवार्य गरिएको छैन । जिल्ला समितिले पठाएको पत्रबारे जिल्ला सचिव कुलदिप आचार्यले नाम टुंगाउन सहज हुने भएकाले वडाबाटै रायसहितको प्रमुख र उपप्रमुखको नामावली पठाउन भनिएको बताए । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको पत्रबारे क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेले विधानमा प्रमुख/उपप्रमुखको नाम पठाउन नभनिएकाले वडाअध्यक्ष र सदस्यको नाम मात्र सिफारिस गर्न भनिएको बताए । 

वडाको उमेदवार घोषणा प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिले गर्छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको उमेदवार घोषणा जिल्ला कार्य समितिले गर्ने विधानमा उल्लेख छ । त्यस्तै नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख उमेदवार घोषणा प्रदेशले र महानगरपालिकाको प्रमुख र उपप्रमुखको उमेदवार घोषणा केन्द्रले गर्ने विधानमा उल्लेख छ ।

यता मंगलबार मात्र केन्द्रीय समितिले जिल्ला समितिहरुलाई निर्देशन दिँदै उमेदवारको नाम सिफारिस गरेपनि घोषणा नगर्न परिपत्र गरेको छ । यो परिपत्रले स्थानीय चुनावी परिस्थिति र मातहतको अधिकारमाथि हस्तक्षेप हुन सक्नेमा कार्यकर्ताहरुले आंशका गर्न थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.