पाकिस्तानी जनतालाई लोकतन्त्रको रक्षा गर्न इमरान खानको अपील

पाकिस्तानी जनतालाई लोकतन्त्रको रक्षा गर्न इमरान खानको अपील

स्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशको सार्वभौमसत्ता र लोकतन्त्रमाथिको सबैभन्दा ठूलो हमलाविरुद्ध जनतालाई अगाडि आउन र रक्षा गर्न अपील गरेका छन्। इमरान खानले ट्वीट गर्दै जनता सधैं देशको सार्वभौमसत्ता र लोकतन्त्रको सबैभन्दा बलियो रक्षक भएको बताएका छन्। 

विदेशी शक्तिहरूले यहाँका केही स्थानीय सहयोगीहरूमार्फत पाकिस्तानको लोकतन्त्र र सार्वभौमसत्तामाथि हमला गरिरहेको उनले आरोप लगाए।
 इमरान खानले अब देशका जनताले यसविरुद्ध अगाडि आएर लोकतन्त्रको संरक्षण गर्नुपर्ने बताएका छन्। उनले विदेशी शक्तिलाई सहयोग गर्ने स्थानीयलाई मीर जाफर र मीर सादिक भने। 

हालै पाकिस्तानमा विपक्षीले इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। तर आइतबार मतदान हुनुअघि नै उपसभामुखले अविश्वासको प्रस्ताव अस्वीकृत गरिदिए। त्यसपछि इमरान खानको सल्लाहमा राष्ट्रपति आरिफ अल्वीले राष्ट्रिय सभा भंग गरेका थिए। अहिले यो मुद्दा पाकिस्तानको सर्वोच्च अदालतमा विचाराधीन छ। 

इमरान खानले केही विदेशी शक्तिहरूले उनको सरकार ढाल्ने षड्यन्त्र गरिरहेको र यहाँका विपक्षीहरूले उनलाई सहयोग गरिरहेको आरोप केही दिनदेखि लगाएका छन्। तर, अमेरिकाले यी आरोपमा कुनै सत्यता नभएको बताएको छ। प्रतिपक्षले पनि यी आरोपलाई अस्वीकार गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.