गुल्मीको मालिकामा गठबन्धनबाट अध्यक्षमा अर्याल
गुल्मी : जिल्लाको मालिका गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्याल अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय भएको छ। मंगलबार बसेको गठबन्धनको वैठकले माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्षसहित दुई वटा वडा र नेपाली कांग्रेसलाई गाउँपालिका उपाध्यक्षसहित ६ वटा वडा दिने निर्णय गरेको छ।
माओवादीलाई वडा नम्वर ३ ह्वाङ्दी, वडा नम्वर ८ मर्भुङ र कांग्रेसलाई वडा नम्वर १ नेटा, २ दर्लिङ, ४ अर्खावाङ, ५ छापहिले, ६ अर्जे र ७ घमिरबाट उम्मेदवारी दिने निर्णय भएको अध्यक्ष पदका उम्मेदवार अर्यालले जानकारी दिए।
गठबन्धनले उपाध्यक्ष र वडा अध्ययक्षको उम्मेदवारको अझै टुंगो लगाएको छैन्। गठबन्धनमा नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा पनि संलग्न छन्। तर यी तिनै पार्टीको मालिकामा उपस्थिती कमजोर छ।
मालिकामा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्र क्रियाशिल छन्। हाल मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडा एमालेले जितेको छ।