चितवन पुगेर प्रचण्डको निर्देशन : जनताको अधिकार खोस्नेविरुद्ध इँटको जवाफ पत्थर दिनेगरी भिड्नुस
![चितवन पुगेर प्रचण्डको निर्देशन : जनताको अधिकार खोस्नेविरुद्ध इँटको जवाफ पत्थर दिनेगरी भिड्नुस](https://annapurnapost.prixacdn.net/media/albums/Prachanda1_20220403224749_56USksxtun.jpg)
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको अधिकार खोस्नेका विरुद्ध इँटको जवाफ पत्थरले दिने बताएका छन्। लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा पनि लडेरै गर्ने बताए।
माओवादी केन्द्रलाई कमजोर बनाउन लागिपरेको ठूलो शक्ति चितवनमा सक्रिय बनेको आरोप लगाए। भरतपुरमा पार्टीमा प्रवेश गर्नेलाई स्वागत गर्दै लोकतन्त्र रक्षाको लागी भिड्न तयार हुन आग्रह गरे। भरतपुरस्थित पार्टीको जिल्ला कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफुहरुले जनताको पक्षमा गरेको विकास देखेर अत्तालिएको उनले बताए।
मुलुकको राजनीति माओवादीको हातमा जाने भयो भनेर अत्तालिएको बताए। आफूहरुसँग डराएर षड्यन्त्र गरिरहेको बताए। ‘प्रतिक्रियावादी प्रतिक्रियावादीहरु, अवसरवादीहरुको ध्यान चितवनबाट प्रचण्डलाई के गरी हराउने भन्नेमा छ। जनताको अधिकार खोस्न चाहनेका विरुद्ध इँटको जवाफ पत्थरले दिने गरी अब भिड्नुहोस्,’ उनले भने, ‘लड्ने भनेको हतियार उठाउने भनेको होइन, राम्रो काम गर्दा डिस्टर्ब गर्छन् भने इँटको जवाफ पत्थरले दिने भन्ने हो।’
माओवादी केन्द्र कमजोर पार्न संविधानविरोधी समूहको एउटा शक्ति चितवनमा सक्रिय बनेको बताए। त्यसका लागि चितवनमा आफूलाई हराउन लागि परेको बताए। ‘सम्पूर्ण अधिकार केन्द्रीतकृत गरेर निरकुंश शासन चलाउन सकिन्छ र विदेशीहरुको हैकम कायम गर्न सकिन्छ भनेर चितवनमा लागिपरेका छन्,’ उनले भने, ‘चितवनबाट प्रचण्डलाई के गरी हराउने भनेर एउटा शक्ति लागि परेको छ। हामीले गरेको कामले विराधीहरु अत्तालिएका छन्।’
जनताको पक्षमा चितवनमा भएको विकासले अग्रगति दिने कामले आफूहरुसँग डराएर षड्यन्त्र गरेको आरोप लगाए। राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्न भूमिका निर्वाह गरेको बताए। नेपालको राजनीतिक परिवर्तनका लागि माओवादी केन्द्रको एजेण्डा, मूल्य, मान्यता र राजनीतिक मुद्दाहरु सफल भएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)