भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडानपछि प्रचण्डले भने- गठबन्धनको भविष्यका लागि सबै लचिलो हुनुपर्छ

भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडानपछि प्रचण्डले भने- गठबन्धनको भविष्यका लागि सबै लचिलो हुनुपर्छ

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमै पुगेर गठबन्धनलाई सफल पार्न सबै ललिचो हुनुपर्ने बताएका छन्। चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको प्रमुखमा नछाड्ने दाबी गरिरहँदा भरतपुरमै आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले त्यागको भावना लिनुपर्ने धारणा राखेका छन्।

देशलाई संकटबाट मुक्त चुनावमा गठबन्धनलाई लिएर जाने निर्णय गरिसकेको बताउँदै यसलाई सफल पार्न सबैले आ-आफ्नो ठाँउबाट लचिलो हुनुपर्ने बताएका हुन्। भरतपुर महानगरपालिका-२ का सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले गठबन्धनलाई मजबुत बनाउन सबै तहतप्काको जिम्मेवार भूमिका रहेको बताए।

गठबन्धनलाई सफल पार्न सबैले आ-आफ्नो ठाँउबाट लचिलो हुनुपर्ने बताएका हुन्। त्यसका लागि सबैले त्याग गर्ने मानसिकता भएमा असम्भव भन्ने केही नहुने बताए। ‘चुनावमा गठबन्धनलाई लिएर जाने भन्ने निर्णय गरिसकेका छौं। यसलाई सफल पार्ने भनेको सबैले आआफ्नो ठाउँबाट लचिलो हुन सिक्नुपर्छ। ‘सबैले लचिलो हुने, त्याग गरेर देशलाई छिटोभन्दा छिटो समाजवाद उन्मुख राष्ट्रको लागि त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही पनि हुँदैन,’ उनले भने।

भरतपुर महानगरपालिकाको प्रमुखमा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन्। कांग्रेससंगको गठबन्धनमा उनले नेतृत्व जितेकी हुन्। यसपटक पनि उनी मेयरमै दोहोरिने चर्चामा छिन्। तर, चितवन कांग्रेसले भने मेयरमा आफूहरुले पाउनुपर्ने दाबी गरेको छ। त्यही सन्दर्भमा दाहालले मलुकको निकासको लागि गठबन्धन गरिएको बताउँदै सबैलाई जिममेवार हुन आग्रह गरेका हुन्।

प्रतिगामीहरूलाई परास्त गर्दै बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न क्रियासिल रहेको समेत बताए। उनले आगामी निर्वाचनमा पनि गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताउँदै संविधान र परिर्वतनलाई जोगाउन पनि स्थानीय, संघ र प्रदेशको निर्वाचन गठबन्धनमै जानुपर्ने बताए।

भरतपुर महानगरपालिका-२ आँपटारीका ४६ भूमिहीन दलितलाई बुधबार लालपूर्जा वितरण गरेका हुन्। कार्यक्रममा भूमी ब्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शशि श्रेष्ठले भूमिहिन सुकुम्वासी, भूमिहीन दलित र अब्यवस्थित बसोवासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्दै यो भूमीमा प्राप्तिको अभियान निरन्तर अगाडि बढ्ने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.