आमा र छोरीबीचको प्रेम ‘आमा’

आमा र छोरीबीचको प्रेम ‘आमा’

काठमाडौं : कवि कृष्ण बोहरा यात्रीको ‘आमा’ बोलको गीत बजारमा आएको छ । यो उनको पहिलो सांगीतिक कोसेली हो । यसै गीतमार्फत उनी आफूलाई कविबाट गीतकारका रूपमा चिनाएका छन् ।

यात्रीले पहिलो गीतबाटै दर्शकको धेरै माया पाएको बताए । उनले भने, ‘यो मेरो पहिलो सांगीतिक कोसेली भए पनि दर्शकले निकै मन पराइदिनु भएको छ । यसले थप ऊर्जा थपेको छ ।’

उनले गीतमा विशेषगरी आमा गुमाएकाहरूको पीडा र स्व. आमा सुभद्रादेवी बोहराको सम्झनालाई समेटेको बताए । ‘मैले आमालाई अन्तिम प्रहरमा पनि भेट्न सकिनँ । त्यसैेले ममा एक प्रकारको पीडा र छटपटी थियो । जुन मैले शब्दमा उतारेँ । आमामै समर्पित भएकोले यो मार्मिक पनि बनेको छ ।’ म्युजिक भिडियो भने आमा र छोरीबीचको माया दर्साइएको छ ।

मालश्री स्टुडियोबाट निर्मित उक्त गीतको निर्देशन प्रकाश भट्टले गरेका छन् । यसमा शान्ति श्री परियारको स्वर छ भने चर्चित गायक तथा संगीतकार चक्र बमले संगीत भरेका छन् । त्यस्तै, अञ्जली अधिकारी, हिउँवाला गौतम, श्याम बोहरा र गणेश खत्रीको अभिनय रहेको छ । उक्त गीत यात्रीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको संगीत संयोजन विनोद बाजुराली र अडियो मिक्सिङमा खड्क बाजुरालीले गरेका छन् ।

आफ्नी स्वर्गिय आमा सुभद्रा देवी बोहराको सम्झनामा समर्पित रहेर यात्रीले उक्त गित बजारमा ल्याएका हुन । गितमा छोरी र आमाको एकअर्का प्रतिको माया र स्नेहलाई दर्शाइएको छ । यात्रीले यसअघि ‘मैले जन्माएको छोरो’ कविता संग्रह बजारमा ल्याएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.