मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउन आज संयुक्त राष्ट्रसंघमा मतदान हुँदै

मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउन आज संयुक्त राष्ट्रसंघमा मतदान हुँदै

वासिङटन डिसी : संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउने अमेरिकी प्रस्तावमा बिहीबार मतदान गर्दैछ। ४७ सदस्यीय राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट कुनै देशलाई बहिष्कार गर्न दुई तिहाइ बहुमत चाहिन्छ। यसले मतदानमा भाग नलिने देशहरूलाई गणना गर्दैन।

 सन् २०११ मा, तत्कालीन तानाशाह मुअम्मर गद्दाफीका सेनाहरूले प्रदर्शनकारीमाथि गरेको हिंसापछि लिबियालाई मानव अधिकार परिषदबाट निलम्बन गरिएको थियो।

पश्चिमी अधिकारीहरू उनीहरूसँग १९३ सदस्यीय महासभामा मस्कोलाई निलम्बन गर्न पर्याप्त समर्थन रहेकोमा विश्वस्त छन्। हाल तयार पारिएको प्रस्तावमा युक्रेनको वर्तमान मानवीय र मानवअधिकार संकटको बारेमा चिन्ता व्यक्त गरिएको छ।

प्रस्तावमाथि छलफल गर्दै संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले  रुसले भविष्यमा जवाफदेहिताविहीन हुन नदिने बताइन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले यो प्रस्तावको समर्थनमा मतदान गर्न वा मतदानबाट टाढा रहनुलाई मित्रवत नमानिने र यसले सम्बन्धित देशसँगको द्विपक्षीय सम्बन्धलाई पनि असर गर्ने चेतावनी दिएको बताए।

युक्रेनको बुचा सहरमा जताततै विनाश देखिएको छ। रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता संयुक्त राष्ट्र संघको महासभाले रुसको निन्दा गर्ने दुईवटा प्रस्तावमा मतदान गरेको छ। रुसले युक्रेनमा ‘विशेष सैन्य अभियान’ सञ्चालन गरिरहेको बताएको छ ।

युक्रेनले रुसी सेनाले बुचा सहरमा सयौं सर्वसाधारणको हत्या गरेको आरोप लगाएपछि अमेरिकाले रुसलाई मानवअधिकार परिषदबाट हटाउने प्रस्ताव ल्याउने बताएको छ । बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.