संसद नाराबाजीमै सकियो, अदालत अदालत जस्तो भएन :अध्यक्ष लिङदेन
इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अदालत अदालत जस्तो नभएको आरोप लगाएका छन् । इलामको सूर्योदयमा राप्रपाको आमसभालाई सम्बोधन गर्दै अदालतले अदालत जस्तो काम नगरेको आरोप लगाए । नागरिकले न्यायको लागि आश गर्ने ठाउँ नै सकिएको उनको भनाइ छ । उनले भने, 'एउटा न्यायाधीश अर्को न्यायधीशको विरुद्ध भष्टाचारी भन्छ यो सामान्य कुरा हो ।' अध्यक्ष लिङदेनले कतै न्याय पाइएन भने अदालत जान्छु भन्ने दिन सकिएको बताए ।
उनले संसद पनि संसद जस्तो नभएको दावी गरे । संसदले जनताको समस्यामा निर्णय लिन नसकेको आरोप लगाए । संसदले काम नगरेको कति भयो तपाईंलाई थाहा छ भन्दै उनले भने, 'संसद नाराबाजी गरेरै सकियो । आज संसद छ कि छैन भन्ने अवस्थामा छ ।' उनले प्रदेश संरचना आवश्यक नरहेको बताए । उनले भने, 'केन्द्र र स्थानीय तह भए पुग्छ प्रदेश आवश्यक छैन ।'
उनले एकतीस वर्षदेखि केहि दलको बन्दक बनेको आरोप लगाए । कार्यक्रममा अभिनेतृ, राप्रपाकी केन्द्रीय सदस्य रेखा थापालगायतले सम्बोधन गरेका थिए ।