संकटमा इमरान खान : पाकिस्तानी सर्वोच्च अदालतले ‘अविश्वास प्रस्ताव’मा आजै फैसला सुनाउने

संकटमा इमरान खान : पाकिस्तानी सर्वोच्च अदालतले ‘अविश्वास प्रस्ताव’मा आजै फैसला सुनाउने

काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयको वैधतामाथि सर्वोच्च अदालतले आजै फैसला सुनाउने भएको छ।

पाकिस्तानी सञ्चारमाध्यमकाअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव रद्ध गर्ने उपसभामुख कासिम खान सुरीको अप्रिल ३ तारिखको निर्णयविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ।

निर्णय सदर गरेर चुनाव जाने वा बदर गरेर अविश्वास प्रस्ताव अघि बढाउने फैसला आज राति स्थानीय समयअनुसार साँझ ७:३० बजे अदालतले सुनाउने पाकिस्तानी पत्रिका डनले जनाएको छ।   

विपक्षीले संसदमा प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि अप्रिल ३ मा छलफल तथा मतदान गर्ने कार्यसूची थियो। तर त्यसअघि नै उपसभामुख खानले खारेज गरिदिएका थिए।

अविश्वास प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए। अविश्वास प्रस्तावसँगै संसद विघटनबारे पनि फैसलामा आउने बताइएको छ। 

यता विपक्षी दलहरुले उपसभामुखको निर्णय असंवैधानिक भन्दै विरोध गरेका थिए। अदालतले आफैं अग्रसरता लिएर यो निर्णयविरुद्ध सुनुवाइ थालेको थियो। बिहीबार सुनुवाइ सकेर फैसला तयार पारेको छ। सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले उपसभामुखको निर्णयमा दोष र खोट रहेको स्वीकार गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.