पाकिस्तानमा संसद विघटन बदर, अविश्वास प्रस्ताव अगाडि बढाउन सर्वोच्चको आदेश

पाकिस्तानमा संसद विघटन बदर, अविश्वास प्रस्ताव अगाडि बढाउन सर्वोच्चको आदेश

इस्लामावाद : पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ।

प्रधानन्यायाधीश उमर अता बन्दियाल नेतृत्वको पाँच सदस्यीय इजलासले बिहीबार राति प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदमा अगाडि बढाउन आदेश दिएको हो।

यससँगै अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम खान सुरीको निर्णय र प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको निर्णय स्वत:  बदर भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

सर्वोच्चले अप्रिल ९ (शनिबार) संसद बोलाएर अविश्वास प्रस्तावमाथि छलफल तथा मतदान अगाडि बढाउन भनेको छ।

प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव रद्ध गर्ने उपसभामुख कासिम खान सुरीको अप्रिल ३ तारिखको निर्णयविरुद्ध परेको मुद्दामा विहीबार अपराह्न सुनुवाइ सकिएको थियो।

विपक्षीले संसदमा प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि अप्रिल ३ मा छलफल तथा मतदान गर्ने कार्यसूची थियो। तर त्यसअघि नै उपसभामुख खानले खारेज गरिदिएका थिए।  

अविश्वास प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए।

यता विपक्षी दलहरुले उपसभामुखको निर्णय असंवैधानिक भन्दै विरोध गरेका थिए। अदालतले आफैं अग्रसरता लिएर यो निर्णयविरुद्ध सुनुवाइ थालेको थियो।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश बन्दियालले उपसभामुखको निर्णयमा दोष र खोट रहेको स्वीकार गरेका थिए। उपसभामुख खानको अविश्वास प्रस्ताव खारेज गर्ने निर्णयलाई पाँच सदस्यीय इजलासले एकमतले असंवैधानिक ठहर गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.