चिनियाँ ह्याकरले भारतको पावर प्लान्टमा कति पटक आक्रमण गरे?

चिनियाँ ह्याकरले भारतको पावर प्लान्टमा कति पटक आक्रमण गरे?

नयाँ दिल्ली : उर्जा मन्त्री आरके सिंहले चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको भारतको पावर प्लान्टमा दुई पटक आक्रमण गर्ने प्रयास गरेको जानकारी दिएका छन् । तर, ह्याकरहरू यसमा सफल हुन नसकेको समाचार बीबीसीमा छ।

अमेरिकास्थित साइबर सेक्युरिटी फर्म रेकर्डेड फ्युचरले यस्तो दाबी गरेको हो ।  अप्रिल ६ मा जारी गरिएको प्रतिवेदनमा चिनियाँ ह्याकरहरूले सेप्टेम्बर २०२१ देखि ७ राज्य लोड डिस्प्याच सेन्टरहरू (एसएलडीसीएस) मा आक्रमण गरेका छन्।

यी केन्द्रहरू लद्दाखमा भारत-चीनको विवादित सीमा नजिकै छन्। यी केन्द्रहरूमा ग्रिड नियन्त्रण र विद्युत वितरण कार्य गरिन्छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा यो समाचार छापिएको छ ।

चिनियाँ ह्याकरहरूले लगातार भारतीय पावर प्लान्टलाई निशाना बनाएको प्रतिवेदनलाई केन्द्र सरकारले पुष्टि गरेको छ।

मन्त्री आरके सिंहले बिहीबार पत्रकारहरूलाई चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको विद्युत वितरण केन्द्रहरूमा कम्तिमा दुई पटक आक्रमण गर्ने प्रयास गरेका बताएका हुन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.