अष्ट्रेलियाले युक्रेनलाई १४२ करोड डलर सहयोग गर्ने: ३  सैन्य ट्रक पठायो

अष्ट्रेलियाले युक्रेनलाई १४२ करोड डलर सहयोग गर्ने: ३  सैन्य ट्रक पठायो

किभ : अष्ट्रेलियाले युक्रेनमा तीनवटा सशस्त्र सैन्य ट्रक पठाएको छ। गत हप्ता भोलोडिमिर जेलेन्स्कीको अनुरोधमा अष्ट्रेलियाले युक्रेनलाई कूल २० वटा ट्रक दिने वाचा गरेको छ।

अष्ट्रेलियाबाट दिएका यी सवारी साधनलाई युद्धक्षेत्रमा रहेका सैनिक र सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान प्रयोग गर्न सकिन्छ । तर यी गाडीहरु युद्धमा आक्रमण गर्न भने प्रयोग गर्न सकिँदैन।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत हप्ता अष्ट्रेलियाको संसदलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए।  

अष्ट्रेलियाले युक्रेनलाई १४२ मिलियन डलर सैन्य र मानवीय सहायता उपलब्ध गराउने वाचा गरेको छ । यससँगै अष्ट्रेलियाले रुसी सेलिब्रेटी र तेल आयातमा पनि प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गत हप्ता जेलेन्स्कीको बयान पछि भने, 'राष्ट्रपति जेलेन्स्की, अष्ट्रेलिया जीवनको लडाईमा युक्रेनको साथमा उभिएको छ।' बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.