सूर्य चुनाव चिह्नलाई साझा बनाएर जान सक्ने सम्भावना छ : कमल थापा
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय निर्वाचनमा सूर्य चुनाव चिह्नलाई साझा बनाएर जान सकिने बताएका छन्।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले नेकपा एमालेसँग तालमेल गरेर सूर्य चिह्नलाई साझा बनाएर जान सकिने बताएका हुन्।
उनले भने, ‘सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सक्ने सम्भावना छ। नेकपा एमालेसंग तालमेल हुने सम्भावना छ। त्यसका लागि छलफल चलिरहेको छ।’
प्रतिक्रिया दिनुहोस !