ज्याक्सन बनिन् अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश

ज्याक्सन बनिन् अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश

वासिङटन डिसी : अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन्। अमेरिकी सिनेटले  शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन्।

सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखा पर्ने छिन्। राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरे अनुसार ज्याक्सनलाई न्यायाधीशमा सिफारिस गरेका जनाइएको छ ।

तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेपछि उनको नाम अनुमोदन भएको हो । सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गरेकी थिइन् ।  ५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गरेकी छन् । सर्वोच्च अदालतमा छ जना कन्जरभेटिभ न्यायाधीश रहेका छन् ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.