लता मंगेशकरको नेपाल मोह

लता मंगेशकरको नेपाल मोह

सुरिलो स्वरकी धनी गायिका लता मंगेशकर ‘दिदी’ले अब सदाका लागि नश्वर देह छोडिन्। तर, उनका गीतहरू कालजयी छन्। अर्थात् उनी गीतहरूमा सदा बाँचिरहने छन्। उनको गायन यात्राले हरेक गीतसंगीतप्रेमीलाई यसरी सहयात्री बनाएको छ कि कसैले बिर्सन सक्दैन। मानौं, मुटुमा कुँदिएका छन् उनले गाएका गीत।

सन् १९२९ सेप्टेम्बर २८ का दिन जन्मिएकी सांगीतिक विराट व्यक्तित्व हुन् लता। माता सरस्वतीको वरदान प्राप्त स्वर थियो उनको। कोकिल स्वरमा सबैलाई लठ्ठ पारेकी लता मंगेशकरको निधन पनि अनौठो बन्यो। ९२ वर्षको उमेरमा २०७८ माघ २३ गते श्रीपञ्चमीकै दिन निधन पनि भयो। जन्म र मृत्यु एकै दिन पर्नु त्यो पनि विशेष दिन। यस्तो संयोग कमैलाई पर्छ। त्यसमा पनि स्वरकी धनीले सरस्वती पूजाकै दिन यस्तो संयोग पाउनु निकै गजबको संयोग हो।

स्वर कोकिल लताले ३० भाषामा गीत गाएकी छन्। उनले करिब ३० हजार गीत गाएकी छन्। सन् १९६६ मा कवि राजा मबीबी शाहको शब्द र जयदेवको संगीतमा ‘माइतीघर’ चलचित्रका लागि ‘शुभकामना’ बोलको गीत गाएकी थिइन्।

पछि शाहकै शब्दमा, ‘आकाशका तिर्मिरे तारा म गन्न सक्दिनँ, मनको कुरा मुखमा ल्याई म गन्न सक्दिनँ’ गाएकी थिइन्। ६० वर्षपछि आनन्द अधिकारीको शब्द र सन्तोष शिखरको संगीतमा गायक रामकृष्ण ढकालसँग युगलगीत गाइन्। उनले गाएको गीत यस्तो छ,      

फूलले भन्छ फुलिरहूँ
जुन भन्छ चम्किरहूँ
नदीले भन्छ बगिरहूँ
मनले भन्छ सबैसँग
माया मोह राखिरहूँ
बाचुञ्जेलीलाई...।

‘मेरा साया’ उनको चर्चित गीत हो। यो गीत लता स्वयंलाई मन पर्ने गीत भनेर उनले स्वीकारेकी छन्। मोहम्मद रफी, किशोर कुमार र उदितनारायण झासँग थुप्रै हिन्दी चलचित्रमा पश्र्वगायन गरेकी थिइन्। रविशंकर, जसराज, भीमसेन, गुलाम अलि खाँ, अलि अकबर खाँका संगीत अत्यन्तै मन पराउँथिन् उनी।

शास्त्रीय संगीत घराना पण्डित दिनानाथ मंगेशकरका पाँच सन्तान लता मंगेशकर, आशा भोसले, उषा मंगेशकर, मीना मंगेशकर र हृदयनाथ मंगेशकर हुन्। आशा पनि भारतीय संगीतकी एक हस्ती हुन्। उनको गायनले पनि एउटा तरंग ल्याएको छ। लताका पिता नामी संगीतकार र गायक थिए। लताले पिताकै अनुसरण गरेकी थिइन्। रोचक कुरा त के छ भने लताले ६ वटा ‘डाक्टर’ उपाधि पाएकी थिइन्।

लताले नेपालको सन्दर्भलाई यसरी सम्झेकी थिइन्–‘धेरै वर्ष पहिले मैले जयदेवजी (संगीतकार) को संगीतमा नेपाली गीत गाएकी थिएँ। त्यसका शब्दहरू नेपालका महाराजा मबीबी शाहका थिए।’

भारतमा प्रदान गरिने पद्मश्री, पद्मभूषण, भारतरत्न, दादा साहेब फाल्के, फिल्म फेयरलगायत प्रायः सबै किसिमका सम्मानबाट गायिका लता सम्मानित भएकी छन्। ‘दिदी’ उपमाबाट सर्वाधिक लोकप्रिय स्वर कोकिल लता मंगेशकर केही दिनदेखि अस्वस्थ भई मुम्बईमा उपचारार्थ थिइन्। फेक न्युज पनि सम्प्रेषण भए। त्यसो त उनका लागि प्रार्थना गर्नेहरू पनि अत्यन्तै धेरै भए। तै पनि दैवको लीला ! अन्ततः मल्टिपल अर्गन फेलिएर भएकी उनले श्रीपञ्चमीको दिन संसार छोडिन्।

भारतीय नागरिक एवं गायिका लताको नेपाल र पशुपतिनाथसँग विशेष आस्था र श्रद्धा थियो। उनको कनेक्सन नेपालसँग दुई अर्थमा प्रबल रह्यो, पहिलो गीत र दोस्रो पशुपतिनाथ। ‘मेरो देश’ फिल्ममा लताले अम्बर गुरुङको संगीतमा पनि गीत गाइन्। फिल्म सार्वजनिक हुन नसकेको हुँदा गर्भमै रह्यो। ‘आठवटा गीतसहित त्यो गीति एल्बम सार्वजनिक हुन सकेन, यसै भयो’, अम्बर गुरुङका छोरा किशोर गुरुङ भन्छन्।

नेपाली राष्ट्र गानका संगीतकार अमर गुरुङको संगीतमा पनि लता मंगेशकरको स्वरमा एउटा गीत रेकर्ड भएको थियो। तर त्यो पछि सार्वजनिक हुन नसकेको गुरुङले बारम्बार बताएको प्रकाश सायमीको भनाइ छ। सायमीका अनुसार ‘मेरो देश’ नामक नेपाली चलचित्रका लागि मंगेशकरले उक्त गीत गाएकी थिइन्। त्यो गीतका लागि उनले अभ्यास गरेको र मुम्बईकै एउटा स्टुडियोमा रेकर्डिङ पनि भएको थियो।

तर चलचित्रका निर्माताबीच झगडा भएर उक्त चलचित्र बनेन। जसले गर्दा गीतको पनि खोजी नभएको गुरुङले आफूलाई बताएको सायमीको दाबी छ। नेपालको सन्दर्भलाई लिएर लताले यसरी सम्झेकी थिइन्– ‘धेरै वर्षपहिले मैले जयदेवजी (संगीतकार) को संगीतमा नेपाली गीत गाएकी थिएँ। त्यसका शब्दहरू नेपालका महाराजा मबीबी शाहका थिए।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.